काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले एमालेलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
माओवादी केन्द्रले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।
माओवादीले समर्थन फिर्ता लिएसँगै ओली सरकार अल्पमतमा परेको छ ।











