• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ?

प्रधानमन्त्रीले यूएनबाटै चीन जान हुँदैन: प्रेम सुवाल



फाईल फोटो

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ (यूएन) बाट सिधै चीन जान नहुने बताउनुभएको छ ।

उहाँले त्यसरी यूएनबाटै सिधै जान नमिल्ने भन्दै उहाँले बरु नेपाल आएर एक दिनपछि चीन जाँदा राम्रो हुने सुझाव दिनुभयो ।

“प्रधानमन्त्री यूएनबाट सीधा चीन जाने कुरा छ। तर त्यो मिल्दैन। बरु नेपाल आएर एकदिन बसेर जाँदा राम्रो हुन्छ,’ समितिका सदस्यसमेत रहनुभएका सुवालले भन्नुभयो, “अमेरिकाबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।”

साथै उहाँले चुच्चे नक्साको जानकारीका लागि पत्र नपठाएको विषयमा तत्कालीन प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने बताउनुभयो ।