२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले यूएनबाटै चीन जान हुँदैन: प्रेम सुवाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ (यूएन) बाट सिधै चीन जान नहुने बताउनुभएको छ ।

उहाँले त्यसरी यूएनबाटै सिधै जान नमिल्ने भन्दै उहाँले बरु नेपाल आएर एक दिनपछि चीन जाँदा राम्रो हुने सुझाव दिनुभयो ।

“प्रधानमन्त्री यूएनबाट सीधा चीन जाने कुरा छ। तर त्यो मिल्दैन। बरु नेपाल आएर एकदिन बसेर जाँदा राम्रो हुन्छ,’ समितिका सदस्यसमेत रहनुभएका सुवालले भन्नुभयो, “अमेरिकाबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।”

साथै उहाँले चुच्चे नक्साको जानकारीका लागि पत्र नपठाएको विषयमा तत्कालीन प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने बताउनुभयो ।