२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

यसपाली त मनै फाट्यो केले सिउने…

यसपाली त मनै फाट्यो केले सिउने…
अ अ+ अ-

काठमाडौ । "फुलको थुङ्गा बगेर गयो गंगाको पानीमा" राष्ट्रकवि माधव घिमिरेका शब्द जस्तै फूल खपतको मध्य सिजनमा पुष्प व्यबसायीले उत्पादन गरेका फूल गंगाको पानीमा होईन नर्सरीमा नै ओइलाएका छन् ।जति जति फूल फक्रदै जान्छ उता व्यवसायीको मन भने त्यत्ति नै खुम्चदै जान्छ । कोरोना भाईरस सक्रमणका कारण धेरैको खुसी खोसिएका छ यतिबेला । ब्यापार ब्यबसाय चौपट्ट भएको छ । 

यही कठिन समयमा पनि केही ब्यबसायीले हिम्मत नहारी कर्म गरिरहे तर प्रतिफल भने शून्य मात्र । सामान्य अबस्था हुन्थो भने बैशाख महिना बिबाह तथा ब्रतबन्धको मौसम हो । भ्याई नभ्याई हुन्थो यतिबेला फूलका व्यावसायीलाई । जसोतसो केही कारोबार पनि हुदै थियो तर पटक पटक हावाहुरी सहितको पानीले फक्रिसकेको फूललाई क्षतबिक्षत नै बनायो । 

हेर्दा फूल क्षतबिक्षत मात्र भएको होईन व्यवसायीको मन समेत छियाछिया परेको छ ।  भक्तपुरको बागेश्वरी खरिपाटीमा व्यवसायीक रुपमा फुलको खेती गर्दै आउनु भएकी पुष्प व्यबसायी राधा मताङ्गी नर्सरीतिर जादा उदास मन लिएर जानुहुन्छ । 

फूल बढी खपत हुने बेला अड्कलेर स्याहार सुसार गर्दै हुर्काएको फूल बजारमा जाँदै थियो । अगिल्ला बर्षको कोरोनाले खोसेको खुसी फर्कन खोज्दै थियो तर फेरि कोरोनाको बढ्दो संक्रमणले अबरोध पु¥यायो । त्यही पनि बिबाह ब्रतबन्धको कर्म त जसो तसो चलिरहेको थियो । 

बजारमा फूलको माग पनि ठिकै थियो । कार्नेशन सयपत्री, जलबेरा लगायतका फूलबजार पु¥याउन ठिक्क थिए । मासिक तीन चार लाखसम्मको  फूल बजारमा पुग्थ्यो । नर्सरीमा काम गर्ने सातजना श्रमिकलाई फुल टिप्नु, माला बनाउनु यस्तै यस्तै काममा भ्याईनभ्याई हुन्थो ।

तर उनीहरु अचेल पूरै फुर्सदमा छन् । उनीहरुको दैनिकी फूल हेरेर टोलाउनु बाहेक अर्को छैन । पोहोर पनि कोरोनाका कारण ब्यवसाय चौपट्ट भयो व्यवसायी मताङ्गीले मात्र करिब ३० लाखभन्दा बढीको  फूल मन दुःखाउदै फाल्नु प¥यो । 

यस पटक फूल फक्रँदै थियो, दैनिक ४०० भन्दा बढी मालाको माग थियो तर दुःख माथिको दुःख त्यही फुल भएको नर्सरीका टनेलहरु हाबाले उडाइदियो । टिप्न ठिक्क परेका सयपत्री सबै बिग्रिए । क्षतबिक्षत भएका फूल सुमसुम्याउदै मताङ्गीले भन्नुभयो– कृषि पेशाप्रति नै निराशा उत्पन्न भयो । बैँकको लोन, सहकारीको लोन, लिएर कामगर्यो तर फललिने बेलामा दैब लाग्छ । 

कोरोना कहरबीच पनि उपत्यकाभित्र र बाहिर बाट फुलको माग राम्रो नै थियो । यही संकटको बेलामा पनि माग धेरै भएका कारण नेपाली व्यबसायीलाई भ्याइनभ्याई नै थियो । स्वदेशी उत्पादनले मात्र नपुगेपछि बाहिरबाट पनि आयत गरिरहेका थिए व्यबसायीहरुले । तर एउटा संक्रमणसँग संर्घष गर्दा गर्दै अर्को सक्रमणले थलापारेको छ । 

पछिल्लो समयमा फूल संस्कार नेपाली समाजमा राम्रोसँग फैलिएको थियो । बिस्तारै आत्मनिर्भर बन्ने बाटोतिर अग्रसर हुदै थियो । व्यवसायी मताङ्गी भन्नुहुन्छ– कृषिको प्रमुख क्षेत्र मध्ये पुष्प ब्यवसाय पनि एक हो । नीति निर्माणमा बस्नेहरु पद बहाली गर्न आउदा र बिदाई हुँदा सुन्दर फुलका बुकी बोक्छन् तर सुन्दर फुल उत्पादन गर्ने कृषकका बारेमा भने सोच्न सम्म पनि भ्याउदैनन् । 

आखिर राज्यको आँखा नपर्ने हो भने व्यवसायीको अभिभावक को त ? त्यसैले कबि दुर्गालाल श्रेष्ठको शब्दजस्तै फूलको आँखामा फूलै संसार गीतमा मात्र होईन नीतिमा पनि प्रकट हुनुपर्छ । नत्र ब्यबसायीलाई सुन्दर गुलाबले आकर्षित गर्ने होइन बोटमा रहेको काँडाले पटक पटक घोच्छ । 

अनि यो घोचाइ सहने त आखिर व्यवसायी मात्र त हुन् । नत पद प्रतिष्ठासँगै गलाभरि फूल सिउरिने अधिकारी या पदाधिकारीले नै यो पीडा सुनेका हुन्छन् न बजारले । यसरी सुन्दर फूलको व्यवसाय गर्नेहरुलाई पनि अहिले महामारीको कालो बादलले घेरेको छ ।