२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन

डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन
अ अ+ अ-

डोटी । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका छैनन् । क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ जाने तथा समुदायमा घुलमिल हुँदा कोरोना सङ्क्रमणदर फैलिँदै गएको स्वास्थ्यकर्मी बताउँछन् ।

दैनिकजसो भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रिने क्रम बढिरहे पनि बाहिरबाट आउने व्यक्तिको तथ्याङ्क लिने, व्यवस्थापन गर्नेलगायत कामको शुरुआतसमेत नगरिएको दिपायल सिलगढी नगरपालिका–४ का मदन कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबाहिर तथा विदेशी मुलुकबाट कति जना आए सो विषयमा अहिलेसम्म कसैले पनि रेकर्ड राखेको छैन, उनीहरूको अवस्था के छ, कहाँ बसेका छन् रेकर्ड नहुँदा झनै गाह्रो भएको छ ।” जिल्ला प्रशासन कार्यालयले भारतबाट घर फर्किएकालाई अनिवार्य होमक्वारेन्टिनमा बस्न आग्रह गरे पनि भारतबाट आएका गाउँगाउँमा डुल्ने गरेका कारण कोरोनाको बढी जोखिम रहेको स्थानीयवासी बताउँछन् ।

अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका नाममा जिल्लाका नौवटै स्थानीय तहले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्ममा करिब रु १२ करोड  खर्च गरेका थिए तर यस वर्ष कसैले पनि क्वारेन्टिन र आइसोलेशन निर्माण गर्न चासो देखाएका छैनन् ।

तत्कालीन समयमा कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेशनलगायत विषयमा रकम खर्च गरेको बताइएको थियो । सङ्क्रमण रोकथामका लागि गत वर्ष निर्माण गरिएका कुनै पनि संरचना यस वर्ष देखिँदैनन् । पछिल्लो समय जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २३२ पुगेको छ । त्यसमध्ये २२० होम क्वारेन्टिनमा रहेका र १२ को सामान्य उपचार भइरहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

सङ्क्रमितमध्ये चारले मात्रै कोरोना जितेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ । भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिक बिरामी हुँदा र ज्वरो आउँदासमेत अस्पताल नआउने तथा कसैलाई पनि जानकारी नदिने गरेका कारण झनै समस्या हुँदै आएको स्वास्थ्यकर्मी बताउँछन् । मङ्गलबार मात्रै थप ३१ मा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ५२ नमूनाको पिसिआर परीक्षण गर्दा २३ तथा ४४ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ जना गरी मङ्गलबार साँझ ३१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भारतबाट रोजगारी गरी हालसम्म जिल्लामा पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । उनीहरू सबै गाउँमै गएका र त्यहाँ खुलेआम समाजमा घुलमिल भएका कारण जिल्लामा कोरोना सङ्क्रमण बढ्ने तथा गाउँबाटै कोरोना महामारी फैलिन सक्ने जोरायल गाउँपालिका–५ का स्थानीयवासी तथा शिक्षक प्रकाशबहादुर रावलले बताउनुभयो ।

यहाँका स्थानीय तहलाई क्वारेन्टिन तथा आइसोलेशन निर्माणका लागि पटक–पटक आग्रह गर्दासमेत निर्माण हुन नसकेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा ठाउँ अभाव छ, स्थानीय तहलाई गाउँमै भएका स्वास्थ्य संस्थामा आइसोलेशन तथा क्वारेन्टिन बनाउन हामी र प्रशासनले आग्रह गरिसक्यौ तर अहिलेसम्म बनाएका छैनन्, सङ्क्रमण फैलिए स्थिति भयावह हुने देखिन्छ ।” जिल्ला प्रशासन कार्यालयले स्थानीय तहमा क्वारेन्टिन तथा आइसोलेशन बनाउन पटक–पटक पत्राचार गर्दासमेत स्थानीय तहका प्रमुखहरूले चासो नदेखाएको आरोप छ ।