२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पर्याप्त छैनन् अक्सिजन सिलिन्डर

पर्याप्त छैनन् अक्सिजन सिलिन्डर
अ अ+ अ-

दमौली । कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो । 

विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र प्लान्ट स्थापनाप्रति सरोकारवाला निकायको ध्यान गएको पाइएको छैन । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सानो÷ठूलो गरी ३२ वटा सिलिन्डर रहेको छ भने दमौली अस्पतालमा २७ र बन्दीपुर अस्पतालमा पाँचवटा मात्र अक्सिजनको सिलिन्डर मौज्दात छ ।

जिल्लास्थित कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा अक्सिजनको भण्डारणमा ध्यान दिन अनुरोध गरिए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले यस बारेमा चासो नदिएको दमौली अस्पतालका मेसु डा सुनिल पौडेलले बताउनुभयो । दमौली अस्पतालमा मौज्दात रहेका २७ सिलिन्डरले एक साताका लागि पनि माग धान्न नसक्ने डा पौडेलको भनाइ छ । एकै पटक कोभिडका श्वासप्रश्वासका धेरै बिरामी आए भने त्यसले धान्न नसक्ने डा पौडेलले बताउनुभयो । 

स्थानीय तहले अहिलेको अवस्थामा अन्य खर्चहरु कटौती गरेर भए पनि अक्सिजनको खरीदमा लाग्नुपर्ने डा पौडेलको सुझाव छ । “पछि सबैतिर अक्सिजनको अभाव हुन थाल्यो भने पैसा तिरेर पनि खरीद गर्न पाइँदैन,” डा पौडेलले भन्नुभयो, “अहिले अवस्था अलि सहज हुँदैमा अक्सिजनको भण्डारण गर्न सकेमा राम्रो हुने थियो ।” दमौली अस्पालमा हालै स्वास्थ्य मन्त्रालयमार्फत सात वटा आइसियु र चारवटा भेन्टिलेटरको व्यवस्था गरिएको छ । तर आइसियु र भेन्टिलेटर सञ्चालन गर्न पनि अक्सिजन आवश्यक पर्छ ।

जिपी कोइराला उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले पनि पर्याप्त मात्रामा अक्सिजन नभएको बताउनुभयो । पर्याप्त मात्रामा खरीद गरेर राख्न सके भविष्यमा जोखिम कम गर्न सकिने उहाँले बताउनुभयो । पोखराबाट अक्सिजन ल्याउने प्लान्टले आवश्यक पर्ने जति उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि जोखिम बढ्दै गएपछि अक्सिजन पाउने या नपाउने ग्यारेन्टी नहुने डा श्रेष्ठको भनाइ छ । 

बन्दीपुर अस्पतालमा पाँच वटा मात्रै सिलिन्डर रहेको गाउँपालिकका स्वास्थ्य शाखाप्रमुख अन्जिर भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले आवश्यक पर्ने अक्सिजन खरीदका लागि निर्णय गर्न लागेको उहाँले बताउनुभयो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अक्सिजनको अभाव हुन नदिन जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । 

गण्डकी प्रदेश सरकारले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न रु ७५ लाख विनियोजन गरे पनि अहिलेसम्म स्थापना हुन सकेको छैन । प्लान्ट स्थापनाका लागि टेन्डर आह्वान गरेर सम्झौता भइसके पनि काममा ढिलाइ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । यसै आर्थिक वर्षभित्रमा अक्सिजन प्लान्ट स्थापना गरिसक्ने अधिकारीले बताउनुभयो ।