२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेमोक्रेसीमा प्रधानमन्त्री नै सर्वेसर्वा हो, हामीले नेतृत्व लिनसक्ने हो कि होइन ?– शेखर कोइराला (भिडियोसहित)



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रमा प्रधानमन्त्री नै सर्वेसर्वा हुने हुँदा नेपाली कांग्रेसले नेतृत्व लिन सक्ने हो कि होइन भनी प्रश्न गर्नुभएको छ ।

सरकारले ९ वटा मन्त्रालय लिएपछि प्रधानमन्त्री नै सर्वेसर्वा भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा उहाँले सरकारमा कांग्रेसले ९ वटा मन्त्रालय लिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सर्वेसर्वा भएको बताउनुभयो ।

सरकारको नेतृत्व आफूहरुले लिन सकेमात्र जनतामा विश्वास दिलाउन सकिने उहाँको भनाइ थियो ।

“अहिले ९ वटा मन्त्रालय हाम्रो छ ९० जना सांसद छौँ। तर, गर्भमेन्ट हाम्रो हो कि होइन भन्ने आम नेपाली जनतालाई फिल भइरहेको छ। पार्लमेन्ट्री सिस्टम र डेमोक्रेसीमा जसले जे भनेपनि। सभापति यहीँ हुनुहुन्छ। प्रधानमन्त्रीसँग कुरा भइरहेकै होला। जतिसुकै भनेपछि प्रधानमन्त्री नै सर्वेसर्वा हो। त्यो पनि एउटा कारण होला”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले भनेको कुरा मन्त्रीज्यूहरुले काट्न नमिल्ने, त्यो स्वाभाविक पनि हो। त्यस कारण अब हामीले नेतृत्व हामीले लिन सक्ने हो कि होइन। हामीले नेतृत्व लिने हो भने कांग्रेसको वर्चस्व हुन्छ। जनतालाई पनि विश्वस्त पार्न सकिन्छ।”