२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

एनआरएनए नेदरल्याण्ड्सको अधिवेशनका लागि विभिन्न समिति गठन

एनआरएनए नेदरल्याण्ड्सको अधिवेशनका लागि विभिन्न समिति गठन
अ अ+ अ-

नेदरल्याण्ड्स । आगामी कार्यकाल २०२१-२३ का लागि गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको अप्रिल २९ तारिख बसेको १२ औँ बैठकले अधिवेशन सम्पन्न गर्नका निम्ती बिभिन्न समितीहरु गठन गरेको छ । 

एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष श्रीराम कंडेलको अध्यक्षतामा बसेको बैठकले बिशेषत निर्वाचन समितिलाई मध्यनजर गर्दै कार्यसमितिको बैठकमा ठाकुर प्रसाद शर्मा (मनोहरी) र फणिन्द्र पन्तको नाम समितिको सम्योजकमा परेपछि ब्यापक छलफल पस्चात पन्तलाई निर्वाचन समितिको संयोजकमा चयन गरिएको छ । त्यसैगरि सदस्यहरुमा शालिक गौतम, उत्तम कंडेल, उदय नेपाली र बिकास शर्मा रहेका छन ।

भौतिक रुपमा अधिवेशन सम्पन्न गर्न बर्तमान अवस्था अनुकुल नदेखिएकाले सहमति र सहकार्य गर्दै बिभिन्न संघसंस्था ब्याक्ति र समुदायहरुसँग छलफल र समन्वय गर्ने उदेश्यले पुर्व अध्यक्षहरु समेत रहनेगरी समन्वय र सहकार्य भूमिका खेल्न ठाकुर शर्माको सम्योजकत्वमा समन्वय र सहकार्य सहित बार्ता समिति गठन भएको छ । यसमा पूर्व अध्यक्षहरु शशी पौडेल, हरि पौडेल, नारायण आचार्य, कृष्ण राज अधिकारी, हिमाल गुरुङ र बर्तमान अध्यक्ष श्रीराम कंडेल रहेका छन ।

त्यसैगरी बिधान संशोधन समितिमा धनकुमार बोहराको संयोजकत्वमा जितेन्द्र श्रेष्ठ र किरण आर्याल रहेका छन् । निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा द्रोण रिजाल र सदस्यहरु शाबी पौडेल, ध्रुब न्यौपाने लाई चयन गरेको छ । 

त्यसैगरी ब्यबस्थापन समितिमा श्रीराम कंडेलको संयोजकत्वमा हिमाल ओझा, अच्युत कट्टेल, अशोक पराजुली, कुश बजगाई, बर्षा खड्का, हेम कुमार भुजेल, संघर्षशील केसी, खेमलाल सापकोटा, रेशम गुरुङ, ध्रुब न्यौपाने, श्रीधर पाण्डे र राम पोख्रेल सदस्य रहेका छन् ।

खानपिन ब्यबस्थापन उपसमितिमा मिम पुर्जा संयोजक र थानेश्वर कंडेल, खेमलाल सापकोटा सदस्य रहेका छन् । त्यसैगरी अतिथि सत्कार उपसमितिमा राधा शर्मा कंडेल संयोजक र सीता सापकोटा, शाबी पौडेल सदस्य रहेको बिभिन्न समितिहरु समेत गठन गरिएको संघका महासचिब संघर्षशील केसिले जानकारी गराएका छन ।

एक एनसिसि एक प्रोजेक्ट अन्तरगत रामेछाप जिल्लाको दोरम्बा ३ टोकरपुर स्थित कन्ठेश्वर माध्यमिक बिधालयको भौतिक संरचना अन्तर्गत कम्पाउण्ड वाल निर्माणमा सहयोगका निम्ति त्यहाँको बस्तुस्थितिको अवलोकन गरी आवस्यक रहेको खण्डमा र बिधालयले आधा रकम स्थानीय तहबाट संकलन गर्नसक्ने भएमात्र आधा रकम सहयोग गर्ने १२ औं बैठकले निर्णय गरेको थियो  । यो बिषयमा छलफल गर्नका निम्ति मई ७ तारिख मंगलबारका दिन आकस्मिक मिटिंग राखिएको महासचिब संघर्षशील केसीले जानकारी गराएका छन् ।

गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको आगामी २०२१-२३ कार्यकालका लागि मार्च २९ देखि पन्चिकृत सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदन खुल्ला गरिसकेको र जुलाई ११ तारिख अधिवेशन गर्ने निर्णय अघिल्लो बैठकले गरिसकेको संघका अध्यक्ष श्रीराम कंडेलले जानकारी गराए ।