२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

न्यायपालीका बन्द नागरिक विरुद्धको अपराध हो

न्यायपालीका बन्द नागरिक विरुद्धको अपराध हो
अ अ+ अ-

काठमाडौं । अस्पतालको आकस्मिक सेवा बन्द गर्नु र न्यायको आकस्मिक ढोका बन्द गर्नु एउटै होइन र ? राज्यका विभिन्न निकायले निषेधाज्ञालाई सुखद अवसर मानेर नागरिक हक माथि धावा बोल्दै जाने अनि त्यसको उपचार खोज्न जाने न्यायपालिका ढोका बन्द गरेर बस्ने ? हो यो सेटिङ होइन महामारि नै हो तर जबसम्म राज्यका अन्य अङ्गले नागरिकको मौलिक हनन गर्ने कार्य गरिरहन्छन् तबसम्म अदालतले पनि आकस्मिक सेवा बन्द गर्न हुदैन, सक्दैन ।

कि सरकारले घोषणा गरोस् यो अवधिमा कसैलाई पनि कारवाहि, निस्कासन, दण्ड, जरिवाना केहि पनि गरिने छैन । होइन भने कार्यकारिणी आक्रमक हुने न्यायलय थाहा नपाए जस्तो गरि ढोका बन्द गरेर वस्ने ? के न्यायपालिका कार्यकारी शक्तिको माताहतको निकाय हो ?

हो जिवन जोखिममा छ महामारिको कारणले, भौतिक सुनुवाईको विकल्प वा सुधार गर्न सकिन्छ तर न्यायको आकस्मिक ढोका बन्द गर्नु नागरिक विरुद्धको अपराध हो। विषय वस्तु र कार्य कारणको प्रकृतिको आधारमा मौलिक हकसँग सम्वन्धित निवेदनको सुनुवाई हरहालतमा सुचारु हुनुपर्छ ।

सुनुवाई प्रकृयालाई छोटो र शिघ्र बनाउने वैकल्पिक उपाय सोचौँ । हुँदा हुँदा बन्दि प्रत्यक्षिकरणको पुर्ण इजलासको सुनुवाई समेत रोकिएको छ यो अति भएन र रु वार र न्याय प्रशासनको ध्यान जाओस । म गलत हुन सक्छु विमर्स गरौँ ।