२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबारे विवेकशील साझाले सुरु गर्‍यो दुईवटा हटलाईन



अ+ अ-

काठमाडौं, २२ बैशाख । कोरोना महामारीले मुलुक त्रस्त भएका बेला विवकेशील साझा पार्टीले आपतमा परेका नागरिकलाई सहयोग गर्न दुईवटा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

पार्टीले कोभिड १९ हेल्पलाईन नम्बर र कालोबजारी हटलाइन नम्बर गरि दुईवटा नम्बर तोकेको हो । मोबाइल नम्बर ९८१३५७७२०७ को कोभिड हेल्पलाइनमा सम्पर्क गरेर आपतमा परेका कोभिड संक्रमित र परिवारका अन्य सदस्यले नजिकको अस्पताल, एम्बुलेन्स, अक्सिजन लगायतका बारेमा जानकारी लिन सक्नेछन् । हटलाईनमा उपलब्ध स्वयंसेवकहरुले विभिन्न निकाय र संयन्त्रसँग समन्वय गरि समस्या समाधान गर्न प्रयत्न गर्नेछन् ।
 
कोरोनाले मुलुक आक्रान्त भएका बेलामा सबै मिलेर सुशासन कायम राख्नुपर्ने अवस्थामा निषेधाज्ञासँगै कालोबजारी पनि मौलाएको समाचार आइरहेका बेला विवेकशील साझाले कालोबजारी विरुद्धपनि हटलाइन सञ्चालनमा ल्याएको हो । कालोबजारीमा परेमा वा देखेमा मोबाइल नम्बर ९८६१३३४०५१ मा सम्पर्क गर्न सकिने भएको छ । नागरिकहरुका हरेक दुःखमा जोडिन पार्टीले हटलाईन सुरु गरेको हो । नागरिकका हरेक दुःखमा जोडिन पार्टीले हटलाईन सुरु गरेको हो ।