२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता कार्यान्वयन गर्न तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्छ: सांसद श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले संघीयता कार्यान्वयनका निम्ति पहिलो शर्त नै जनशक्ति व्यवस्थापन रहेको बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । मुलुक संघीय संरचनामा रहेको उल्लेख गर्दै उहाँले राज्यशक्तिको प्रयोग तीनवटै ठाउँबाट हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘१८१ वटा कानून बनाउन बाँकी रैछन् । त्यसमध्ये १५१ वटा कानूनहरु संघसँग जोडिएका छन् । त्यसैगरी प्रदेशले २४ वटा कानून बनाउनुपर्ने । र स्थानीय तहले ६ वटा कानून बनाउनुपर्ने छ । संघले १५१ वटा मध्ये तत्काल नबनाइ नहुने कानूनहरु ४० वटा रहेका छन् । संघीयता कार्यान्वयनका निम्ति पहिलो शर्त भनेको तिन तहमा जनशक्ति व्यवस्थापन गर्नु हो । जबसम्म त्यो जनशक्ति व्यवस्थापन गर्दैनौँ, तबसम्म संविधान कार्यान्वयन हुन सक्दैन । त्यसो हुँदाखेरी शासकिय संरचनालाई हामीले संघ, प्रदेश र स्थानीय तहमा भनेपनि राज्यशक्तिको प्रयोग पनि तीनै ठाउँबाट हुनसक्छ । यसले गर्दा संघीयतालाई कार्यान्वयन गर्नका निम्तिपनि तीनै तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्छ भन्ने हामी सबैलाई लागेको विषय हो ।’

उहाँले सरकारले अत्यावश्यक रहेका विधेयकहरु पनि संसदमा ल्याउने प्रयत्न नगरेको बताउनु भयो ।