२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाकालका विमितलाई तत्काल रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छ: एमाले



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका विमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।

सरकारले सो विमावापतको करिव ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेसँग माग गर्नुभएको हो । सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचेतक बर्ताैलाले सरकारले नागरिकको सरोकारको विषयमा बेवास्ता गरिरहेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार माटोको तोर्माजस्तो भयो सभामुख महोदय । ऐया पनि छैन, आत्था पनि छैन । विगत ४ वर्षदेखि यो देशका एक लाख ५० हजार भन्दा बढि नागरिकहरुले कोरोनाको विमा गरेँ । त्यसबापतको ११ अर्व रकम आजसम्म प्राप्त गर्न सकेको छैन । सरकारलाई त्यसको कुनै चासो छैन, सरोकार छैन । कुम्भकर्ण निन्द्रामा पर्‍यो । त्यसकारण सभामुख महोदय विशेष रुलिङ होस् । तत्काल ती विमितहरुले पाउनुपर्ने रकम ती विमितहरुले प्राप्त गर्न सकून । अर्को सवाल, मकवानपुरको त्यो मानव निर्मित इन्द्रसरोवर ताल हो । त्यहाँ १०४ मेघावाट विजुली उत्पादन हुन्छ । त्यो ताल जहाँ ८५ लाख घनमिटर पानी आज त्यो पनि करिव ६२ लाख घनमिटर बाँकि छ । २३ लाख घनमिटर बराबरको पानी हिलो माटो, बेगरले भरिएको अवस्थामा छ । त्यसमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–तत्काल त्यो तालको सरसफाई र त्यसको संरक्षण गरियोस् ।’

सचेतक बर्तौलाले मकवानपुरस्थित इन्द्रसरोबर तालको तत्काल सफाई गर्न पनि सरकारलाई दबाब दिनुभयो ।