२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मत देउवाद्वारा अस्वीकार

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मत देउवाद्वारा अस्वीकार
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । 

आगामी २७ गते प्रतिनिधिसभामा आफुले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई काग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो । 

सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलाप र प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमले सरकार लोकतान्त्रिक मुल्य मान्यताप्रति प्रतिवद्ध नदेखिएको भन्दै यस्तो अवस्थामा कांग्रेसले सहयोग गर्न नसक्ने जानकारी गराएको नेता प्रकाशशरण महतले जानकारी दिनुभयो । नेता महतका अनुसार, सभापति देउवासंगको भेटमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीका लागि दुवैले संगै लडेको स्मरण गर्दे त्यसको रक्षाका लागि आफुलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा आफुहरुले सरकारले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने व्यवहार नदेखाएको र अहिलेसम्मका गतिविधिका आधारमा समर्थन गर्ने अवस्था नरहेको बताएको नेता महतले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई लोकतान्त्रिक मुल्य र मान्यताका विषय भनाईमा मात्रै नभई व्यवहार देखाउन भनेको नेता महतले बताउनुभयो । हम्रो उद्देश्य नै उहाँ(केपी ओली)लाई असफल गराउने भनिसकेपछि समर्थन गर्न सक्ने अवस्था रहेको नेता महतले बताउनुभयो ।

उहाँले भन्नुभयो “लोकतान्त्रिक व्यवस्था कमजोर पार्ने काम भएसम्म व्यवहारिक रुपमा लोकतन्त्रका लागि हामी संगै लडेका हौ भन्ने प्रधानमन्त्रीको भनाई अनुसारका काम नभएकाले व्यवहारमा पनि ती कुरा आउनुपर्यो । 

विपक्षी पार्टी भएपनि लोकतान्त्रिक प्रक्रियालाई सहयोग गर्न हामी  सधै तयार छौ तर ती कुरालाई व्यवहारमा पनि देखिनुपर्योे भन्ने कुारा हामीले स्पष्ट राख्यौ । लोकतन्त्रलाई मजबुत बनाउने कुराहरुलाई गम्भीरताका साथ हामीले उठायौ । विशेषगरि प्रधानमन्त्रीलाई विशेष अधिवेशनमा आफुहरुले सहयोग गर्न नसक्ने कुरा हामीले स्पष्ट भनेका छौ । हामी विपक्षी दलको हैसियतले सत्ता साझेदारी गर्न र विश्वासको मत दिने अवस्थामा छैनौ । तर लोकतान्त्रिक मुल्य मान्यता लाई सुदृढ गर्ने कुराको सवालमा व्यवहारमा देखिनुपर्यो ।सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलापको आधारमा अहिलेसम्म समर्थन गर्ने अवस्था छैन भनेर हामीले भन्यौ ।”

भेटमा नेपाली कांग्रेसले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको, विरामीले उपचार नपाएको, अक्सिजनको अभाव, संकटमा विभिन्न किसिमका विचौलियाहरुको चलखेल लगायत कुराहरुलाई गम्भीरताका साथ लिएर प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीलाई सुझाएको नेता महतले बताउनुभयो ।
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा सहितको टोली लिएर सभापति देउवालाई भेट्न उहाँकै निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।