२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह
अ अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ बारे अफवाह फैलाउने गरी भ्रामक समाचार प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित छलफलमा सरकारका प्रवक्ता गुरुङले पछिल्ल्लो समयमा मिडियामा जनतालाई आतङ्कित गर्ने गरी समाचार आउने गरेको बताउँदै सत्यतथ्य मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्नुभयो । सरकारका प्रवक्ताले भन्नुभयो,“यो बेला भनेको सकारात्मक सोचका साथ काम गर्ने बेला हो तर कोभिडबारे नकारात्मक सन्देश बढी आयो, मानवीय हिसाबले सकारात्मक सन्देश दिनुहोस्”, मन्त्री गुरुङले गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई कोरोनाबारे सन्देशमूलक र सकारात्मक समाचार र कार्यक्रम सम्प्रेषण गर्नसमेत निर्देशन दिनुभएको छ । 

उहाँका अनुसार मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाको सहभागितामा सचिवालय गठन गर्ने भएको छ । मन्त्री गुरुङले उहाँले कोभिडबारे सकारात्मक भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाल र  सूचना तथा प्रसारण विभागलाई निर्देशन पनि दिनुभएको छ । 

कोभिड–१९ न्यूनीकरणबारे नीति बनाउन सञ्चारमाध्यमसँग पनि छलफल गरिने उहाँको भनाइ थियो । मन्त्री गुरुङले वर्तमान समयमा आमसञ्चारमाध्यमलाई बढीभन्दा बढी कोभिड केन्द्रित हुन अनुरोध पनि गर्नुभयो । 

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आमसञ्चारमाध्यमले सरकारले गरेका सकारात्मक कार्यभन्दा पनि हुँदै नभएका भ्रामक र असत्य समाचार सम्प्रेषण गरिरहेको जनाउँदै त्यसो नगर्न सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।