एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा अहिले इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिडले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो हाफ सकिदा चेल्सीले १-० गोलको अग्रता बनाएको छ । खेलको २८ औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका हुन् ।
काई हावर्ट्जले पोस्टमा गरेको प्रहार क्रसबारमा लाग्दै फर्किन पुगेको थियो, मार्कमा रहेका वेर्नरले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका हुन् । विजयी टिमले फाइनलमा स्थान बनाउनेछ ।











