४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिक्रियाबिना नै चुपचाप हटाए बालेनले विवादित स्टाटस



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेका विवादित स्टाटस हटाएका छन् ।

ट्राफिक प्रहरीले बालेनकी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई रोकेर केरकार गरेपछि उनले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।

सरकारलाई चोरको संज्ञा समेत दिएको स्टाटसले हंगामा मच्चिएपछि उनले डिलिट गरेका हुन् । उनले त्यसबारे कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

मेयर साहको सचिवालयले आईतबार एक विज्ञप्ति जारी गर्दै महानगरको गाडी रोकिएको घटनाबारे प्रष्टीकरण दिएको थियो । तर बालेनले आफ्नो स्टाटसबारे त्यसमा केही उल्लेख थिएनन् ।

यो पनि पढ्नुहोस्: कोटेश्वर घटनाबारे बालेनको सचिवालयको प्रष्टिकरण: भएको यसो हो