१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिक्रियाबिना नै चुपचाप हटाए बालेनले विवादित स्टाटस



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेका विवादित स्टाटस हटाएका छन् ।

ट्राफिक प्रहरीले बालेनकी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई रोकेर केरकार गरेपछि उनले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।

सरकारलाई चोरको संज्ञा समेत दिएको स्टाटसले हंगामा मच्चिएपछि उनले डिलिट गरेका हुन् । उनले त्यसबारे कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

मेयर साहको सचिवालयले आईतबार एक विज्ञप्ति जारी गर्दै महानगरको गाडी रोकिएको घटनाबारे प्रष्टीकरण दिएको थियो । तर बालेनले आफ्नो स्टाटसबारे त्यसमा केही उल्लेख थिएनन् ।

यो पनि पढ्नुहोस्: कोटेश्वर घटनाबारे बालेनको सचिवालयको प्रष्टिकरण: भएको यसो हो