२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday
Latest
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ- महामन्त्री गगनकुमार थापा ‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’ खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तार गर्नुपर्नेमा जोड मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ उपप्रमुख डंगोल वेल्जियम प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयमा छलफल: मेयर बालेनले माफी माग्नुपर्ने



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनमाथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । केन्द्रीय सरकारका मुख्य संरचनाहरू रहने सिंहदबारलाई नै आगो लगाउने धम्की दिएर आपराधिक कार्यलाई प्रश्रय दिएका मेयर शाहलाई कारबाही नगर्ने हो भने यसले अराजकता निम्ताउने भन्दै सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

मेयर बालेनको सो अभिव्यक्तिको चौतर्फी विरोध हुँदै आएको छ । केहीले भने मेयरको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् । मेयरको गलत अभिव्यक्तिको समर्थन गर्नेहरूबाट अराजकता फैलने खतरासमेत बढेको देखिएको छ ।

साइबर कानुनका विज्ञ एवं पूर्वन्यायाधीश डा। श्रीकृष्ण भट्टराईले सामाजिक सञ्जालमा जनतालाई उत्तेजित हुने किसिमको स्टाटस लेख्नु गलत भएको बताए । उनले भने– ‘मेयरको आपराधिक मनस्थिति भए पनि आपराधिक कार्य भएको देखिँदैन । ’

‘आपराधिक कार्य भएको भए सबै स्थानीयवासी सिंहदरबार जलाउन जाऔं भन्ने स्टाटस लेख्थे होला, तैपनि मेयरजस्तो महत्वपूर्ण व्यक्तित्वले यस प्रकारको स्टाटस पोस्ट गर्नु गलत हो’ –उनले भने ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा के गर्न सकिन्छ भन्ने बारेमा गृह मन्त्रालयले छलफल गरिरहेको बताए । सबैको अभिभावक, महनगरको पिताले यस किसिमको भनाइ पोस्ट गर्नु गम्भीर विषय भएको र यसले उहाको छविमाथि नै प्रश्न खडा गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी बस्नेतले यो विषयमा मेयरसाव आफैंले समीक्षा गर्नुपर्ने बताए ।

प्रजिअ बस्नेतले भने– ‘हामीलाई मेयर साबले यतिसम्मको स्टाटस लेख्नुहोला जस्तो लागेको थिएन, मर्यादाक्रममा सहायकमन्त्री पछि र मुख्य सचिवमभन्दा माथिको स्टाटस रहेको मेयरले मुलुकको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम गर्न मुख्य भूमिका खेल्नुपर्नेमा यस्तो सुरक्षा निकायलाई हतोत्साही हुने किसिमका अभिव्यक्ति दिनु गलत छ ।’

मेयर साहले दिएको अभिव्यक्तिको विषयमा आइतबार गृह मन्त्रालयलमा छलफल भएको थियो । मेयर साहको सचिवालयले जारी गरेको विज्ञप्तिमा आफ्नो गल्ती भएको स्वीकार गरेको छैन । तर, सरकारले उनको गलत व्यवहारको बारेमा छलफल गरिरहेको छ । यस विषयमा आइतबार प्रधनमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । स्रोतले जानकारी दिएअनुसार मेयर साहले माफी माग्नुपर्ने वा नमागे थप के कदम चाल्ने ? लगायतका विषयमा छलफल भएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।