• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

पाकिस्तानी महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…



symbolic picture

कराँची । एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् ।

कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ । यो घटना शनिबार अपराह्नको हो । कराँची प्रहरीले तत्काल अनुसन्धान थालेको छ ।

प्रहरीले परिचय सार्वजनिक एक जना महिलालाई आफ्नो नवजात शिशुलाई कराँचीको लियाकताबाद क्षेत्रस्थित भवनको छैठौँ तल्लाबाट फ्याँकेको आरोपमा पक्राउ गरेको एआरवाई समाचारमा उल्लेख छ ।

प्रहरीले पक्राउ परेकी ती महिलासँग सोधपुछ गरिरहेको तथा उनको मानसिकस्थिति शङ्कास्पद रहेको जनाइएको छ । छिमेकीले ती महिला लागूऔषधको दुव्र्यसनमा फसेकी बताएका छन् । प्रहरीले मनोचिकित्सकबाट उनको स्वास्थ्य परीक्षण गरिने एक विज्ञप्ति निकालेर बताएको छ । रासस