२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…



symbolic picture
अ+ अ-

कराँची । एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् ।

कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ । यो घटना शनिबार अपराह्नको हो । कराँची प्रहरीले तत्काल अनुसन्धान थालेको छ ।

प्रहरीले परिचय सार्वजनिक एक जना महिलालाई आफ्नो नवजात शिशुलाई कराँचीको लियाकताबाद क्षेत्रस्थित भवनको छैठौँ तल्लाबाट फ्याँकेको आरोपमा पक्राउ गरेको एआरवाई समाचारमा उल्लेख छ ।

प्रहरीले पक्राउ परेकी ती महिलासँग सोधपुछ गरिरहेको तथा उनको मानसिकस्थिति शङ्कास्पद रहेको जनाइएको छ । छिमेकीले ती महिला लागूऔषधको दुव्र्यसनमा फसेकी बताएका छन् । प्रहरीले मनोचिकित्सकबाट उनको स्वास्थ्य परीक्षण गरिने एक विज्ञप्ति निकालेर बताएको छ । रासस