२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

वीरेन्द्रनगरको नयाँ रूप: सडकहरु बने चिल्ला, हरियाली र आकर्षक

वीरेन्द्रनगरको नयाँ रूप: सडकहरु बने चिल्ला, हरियाली र आकर्षक
अ अ+ अ-

कर्णाली । प्रदेश राजधानी वीरेन्द्रनगर केही महिना अघिसम्म धुलाम्य देखिन्थ्यो । साँघुरा सडकमा जताततै खाल्डाखुल्डी, नालापेटी पनि फोहोर भरिएर बन्द । चोक चौताराहरु उस्तै अस्तव्यस्त । अब वीरेन्द्रनगरको पहिचान फेरिएको छ । काँचुली फेरेपछि यहाँका सडक र आसपासका क्षेत्र आकर्षक देखिएका छन् । माथिल्लो खण्डका सडक छेउछाउमा यतिबेला गुलमोहर फुलेर राताम्य देखिएको छ ।

निषेधाज्ञाकै बीच पनि ती चिल्ला, हरियालीमैत्री सडकमा फोटो, सेल्फी लिनदेखि टिकटक बनाउनेहरुको नजर परेको छ । वैशाखको खडेरीमा सडक छेउका हरियाली बोटहरु, रङ्गीचङ्गी फुलेका फूलहरु र चिल्ला सडकहरु सुर्खेती सामाजिक सञ्जालमा भाइरल बनाइएका छन् । रङ्गीचङ्गी फूहरु अघिल्ला वर्षहरुमा नफुलेका होइनन्, तर यसपटक नगरपालिकाले सबै सडकहरु स्तरोन्नति र कालोपत्रे गरेपछि शहरी आकर्षण बढाएको हो । 

वर्षौंसम्म धुलाम्य सडकबाट आजित सुर्खेतबासी सडकले रूप फेरपछि औधी खुसी छन् । स्थानीयवासी युवा भरत गौतम भन्नुहुन्छ, “नाकमुख छोपेर हिँड्नुपर्ने, गाडी आउनबित्तिकै धुलोबाट जोगिन पसलका सटर हतारहतार बन्द गर्नुपर्ने बाध्यता अब अन्त्य भयो । नगरपालिकाले सडक निर्माणलाई प्राथमिकता दिएर धैरै राम्रो गर्यो।” सडक सुधारप्रति नागरिकले खबरदारी पनि गरिरहेका छन् । विस्तारका नाउमा केही स्थानमा रुखहरु काटिएको छ ।

कालोपत्रे गरिएका सडक र छेउमा रङ्गीचङ्गी रुखहरुसहितको फोटो राख्दै सुर्खेत घर भई हाल काठमाडौँमा कार्यरत सञ्चारकर्मी प्रकाश लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “जबजब वसन्त ऋतु लाग्छ, सुर्खेतको वीरेन्द्रनगरमा रोपिएका यी रुखहरु र योजनाबद्ध (उतिबेलाको क्षमताअनुसार) रूपमा बनेका सडकहरु यो सहरको परिचय बोकेर झुल्किन्छन् । विस्तारै सडक विस्तारले वीरेन्द्रनगरको यो सडककिनारको हरियाली मासिँदै गएको छ । विस्तारित सडकहरुमा रुख रोप्ने र फेरि यस्तै गुलजार गुलमोहरले वीरेन्द्रनगरलाई रङ्गीन बनाउन नगरपालिका र नगरबासीहरुको ध्यान जाओस् ”

विगतमा अस्तव्यस्त सडकहरु सुधार नगरेको भन्दै स्थानीय जनप्रतिनिधिले पनि नागरिकका थुपै्र आक्रोश सहनुपथ्र्यो । जनप्रतिनिधि भने अब सडक बनेपछि ढुक्कले हिँड्न पाएको भन्दै खुसी छन् । नगर प्रमुख देवुकमार सुवेदी नागरिकका समस्या समाधान हुँदै गएको बताउनुहुन्छ । “मुख्य समस्या सडक कालोपत्रे, सडक पेटी विस्तार तथा नाली र पक्की पुल निर्माणकै थियो, अब करिबकरिब यो समस्या अन्त्य गर्दैछौँ,” उहाँ भन्नुहुन्छ, “यसै आर्थिक वर्षभित्र बाँकी सडकहरु कालोपत्रे भइसक्नेछन् ।” नगरपालिकाले विभिन्न कम्पनीमार्फत यहाँका साना ठूला ३६ वटा सडकका योजना सञ्चालन गरिरहेको छ । तीमध्ये अधिकांशको काम पूरा भइसकेको छ । सङ्घ र प्रदेश सरकारको सहयोगमा नगरपालिकाले सडक निर्माण तथा स्तरोन्नति कार्य अघि बढाएको हो ।
 
गत आर्थिक वर्ष कर्णाली प्रदेश सरकारले एक दशमलव आठ किलोमिटर र वीरेन्द्रनगर नगरपालिकाले ५०० मिटर सडक मात्रै कालोपत्रे गरेको तथ्याङ्क थियो । कछुवा गतिको विकास भन्दै यसको चौतर्फी आलोचना पनि भएको थियो । चालु आर्थिक वर्षमा भने सडक कालोपत्रेमा उल्लेख्य प्रगति हासिल गर्न नगरपालिका सफल भएको छ । निषेधाज्ञाकै अवधिमा जनस्वास्थ्यका मापदण्डको पालना गर्दै धमाधम निर्माण कार्यहरु सञ्चालन गरिएका छन् । 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयले राजधानी शहरका सडक पुस दोस्रो सातादेखि निर्माण गर्न शुरु गरेको थियो । निर्देशनालयले प्रदेश राजधानी शहरी सडक निर्माण कार्यक्रमअन्तर्गत नालीसहित २६ किलोमिटर सडक निर्माण हुने जनाएको छ । यसका लागि रु ४७ करोड बजेट खर्च हुँदैछ । निर्देशनालयका अनुसार वीरेन्द्रनगर भित्रमात्र १३ दशमलव एक किलोमिटर सडकको ढाँचा परिवर्तन गर्न थालिएको छ । साँघुरो सडकलाई चौडा बनाउने, कच्ची सडकलाई पक्की बनाउने, ट्राफिक सङ्केतसहितका लागि आवश्यक संरचना थप्ने जस्ता कार्य भइरहेको निर्देशनालयले जनाएको छ । त्यस्तै सङ्घीय सरकारको लगानीमा विमानस्थलदेखि गणेशचोकसम्मको सडक निर्माण चरणमा छ । 

नगर प्रमुख सुवेदी सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा विभिन्न मुख्य सडक, विभिन्न पर्यटकीय स्थल तथा मुख्यबजारको सडक स्तरोन्नतिको काम भइरहेको बताउनुहुन्छ । विस्तारित सडकलाई हरियालीमैत्री बनाउन कार्य पनि शुरु गर्ने उहाँको भनाइ छ । “हामी समुन्नत नगर बनाउने अभियानमा छौँ, पहिलो प्राथमिकता नगरका सडक हुन्”, सुवेदी भन्नुहुन्छ, “नगरपालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले प्रदेश र सङ्घीय सरकारको सहयोगमा वीरेन्द्रनगरको एकीकृत विकासको कार्यक्रम अघि बढाएका हौँ ।” रासस