२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै ललितपुरमा प्रदर्शन



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशको नाम खारेजीको मागसहित ललितपुरमा प्रदर्शन गरिएको छ । किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसरमा आइतबार दिउँसो ललितपुरको जावलाखेलदेखि ढोलाहितिस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन र्‍याली निकालिएको हो।

र्यालीमा कोशी प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानको आधारमा नाम राख्नुपर्ने माग राखिएको थियो ।

लिम्बुवानरकिरात कायम गर भन्ने मूल नाराका साथ र्‍याली निकालिएको थियो। यस सन्दर्भमा प्रदर्शनकारीहरुले कला प्रदर्शनी समेत आयोजना गरेका छन्।

गत फागुन १७ गते कोशी प्रदेशको नामकरण भएको थियो। दुई तिहाइ बढी मतले उक्त नाम पारित गरेको थियो। तर त्यसयता कोशी प्रदेशको नामको विरोध हुँदै आएको छ।