२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सभापति लामिछाने र राजदूत श्रीवास्तवबिच रास्वपाको पार्टी कार्यालय वनस्थलीमा भेटवार्ता भएको हो ।

भेटमा सुशासन, सामाजिक न्याय तथा आर्थिक विकास र नेपाल–भारत सम्बन्धबारे कुरा भएको बताईएको छ । साथ,ै सभापति लामिछानेले नेपाल–भारतबिचका आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानुपर्ने सुझाएका बताईएको छ ।

भेटमा रास्वपाका महामन्त्री डा।मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा प्रतिनिधि सभा सदस्य माननीय शिशिर खनाल र मनिष झा पनि सहभागी थिए ।