२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमडेसिवीर इंजेक्शन रु.३० हजार पर्नेमा रु.१ लाख २० हजारमा बार्गेनिङ गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । हाल विश्‍वभरी माहामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमित व्यक्तिलाई आवश्यक पर्ने रेमडेसिवीर इंजेक्शनको कालो बजारी गर्ने व्यक्ति पक्राउ परेको छ । गोरखा जिल्ला आरुघाट गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल जिल्ला काठमाडौं टोखा बस्दै आएको २५ वर्षको रफिक मियालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले खोज तलास गर्ने क्रममा रेमडेसिवीर इंजेक्शन ६ थान फेला परेको छ। उक्त इंजेक्शनको मुल्य करिब ३० हजार पर्नेमा रु.१ लाख २० हजारमा बार्गेनिङ गरि बिक्रि वितरण गर्न खोजिएको थियो । उक्त औषधी सहित बसुन्धराबाट महानगरीय अपराध महाशाखा, मिनभवनको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धानमा काठमाडौं जिल्ला महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधी ल्याएको खुलेको छ । हाल ढकाल फरार रहेकोले फर्मा सिल गरी थप अनुसन्धान तथा खोजतलास भईरहेको प्रहरीले जानकारी दिएको छ।  

उक्त इंजेक्शन कोभिड-१९ उपचारको लागि तोकिएका अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत उपलब्ध गराउने गरेको छ। साथै बाहिर बजारमा सजिलै उपलब्ध नहुने भएकाले उक्त औषधी के कसरी औषधी पसलसम्म पुर्‍याईयो तथा यस प्रकरणमा अन्य क(कस्को संलग्नता र मिलेमतो छ भन्ने विषयमा समेत थप अनुसन्धान भईरहेको छ ।