काठमाडौं । नेपालमा थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संक्रमित पाइएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २१ हजार १४२ परीक्षणमध्ये २० हजार ३६७ पिसिआर र ७७५ एन्टिेन परीक्षण गरिएको थियो ।
नेपालमा जम्मा संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ भने २ लाख ९२ हजार ४९० संक्रमित निको भएका छन् । यस्तै यसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।
देशभर ७२ हजार ५६१ सक्रिय संक्रमित रहेका छन् ।











