२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपको जर्सीमा पाकिस्तानको नाम किन छैन ?



अ+ अ-

एजेन्सी । एसिया कप अगस्ट ३० बाट सुरु भएको छ । यसपटक पाकिस्तान र श्रीलंकामा हाइब्रिड मोडलको खेल हुँदैछ ।

पाकिस्तानमा टोली पठाउन भारत सरकारको विरोधलाई मध्यनजर गर्दै उसका खेलहरू श्रीलंकामा हुँदैछन् । एसिया कपमा दुई खेल खेलिएका छन् । पहिलो खेल नेपाल र पाकिस्तानबीच अगस्ट ३० मा मुल्तानमा भएको थियो ।

दोस्रो खेल श्रीलंका र बंगलादेशबीच श्रीलंकाको क्यान्डीमा भएको थियो । तर दुवै खेलमा टोलीको जर्सीमा आयोजक पाकिस्तानको नाम र एसिया क्रिकेट काउन्सिलको लोगो थिएन ।

पाकिस्तानका पूर्व क्रिकेटर मोहसिन खान र राशिद लतिफलगायत धेरै खेलाडीले यसका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आलोचना गरेका छन् । पीसीबी र एसीसीले एसीसीको लोगोसँगै जर्सीमा पाकिस्तानको नाम किन छैन भन्ने कुरा स्पष्ट गर्नुपर्ने उनीहरुको अडान छ ।

गत वर्ष टी–२० एसिया कपमा आयोजक श्रीलंकाको नाम एसीसीको लोगोमा थियो । जबकि श्रीलंकामा आर्थिक मन्दी र राजनीतिक अस्थिरताका कारण प्रतियोगिताका खेल युएईमा खेलाइएको थियो ।

अर्कोतर्फ, आलोचनापछि पीसीबीले आफ्नो स्पष्टीकरणमा एसीसीले गत वर्ष नै प्रतियोगिताको लोगोमा आयोजक राष्ट्रको नाम नदिने निर्णय गरेको जनाएको छ । पीसीबीको यो सफाई फ्यानले पचाउन सकेका छैनन् । यदि त्यसो हो भने पीसीबीले यो प्रस्ताव कसरी स्वीकार गर्यो किनभने १५ वर्षपछि पाकिस्तानले बहुराष्ट्रिय प्रतियोगिता आयोजना गरिरहेको उनीहरुको भनाइ छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार पाकिस्तानका एक पूर्व खेलाडीले नाम न छाप्ने सर्तमा यसो हुनुको कारण एसीसी अध्यक्ष र बीसीसीआई सचिव जय शाह रहेको बताएका छन् ।उनले भारत र पाकिस्तानबीचको सम्बन्ध खराब रहेको बताए ।

यस्तो अवस्थामा भारतको एसिया कपको जर्सीमा अहिले पाकिस्तानको नाम राख्नु ठीक होइन भन्ने बिसिसिआईले सोचेको हुनुपर्छ । लतिफले पनि यो सम्भावनालाई अस्वीकार गर्दैनन् र कारण जे भए पनि यसबारे स्पष्टता आवश्यक रहेको उनी बताउँछन् ।




भर्खरै