२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउनुपर्छ: प्रवक्ता सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नीप्रसाद सापकोटाले एमसीसी परियोजना कार्यान्वयनका लागि संसदबाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीको अंग बनाउनुपर्ने बताउनु भएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले औपचारिक र संस्थागत रुपमा १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंग बनाएमा मात्र कार्यान्वयनमा सहज हुने बताउनुभएको हो ।

माओवादी केन्द्र एमसीसी परियोजना व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाएर मात्रै अगाडी बढ्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘म नै सभामुख भएको बेलामा १२ बुँदे घोषणापत्र जारी भएर त्यो पारित भएको छ । अहिले हाम्रो पार्टीको लाइन के हो त भन्दाखेरी त्यो व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको अंग बन्नुपर्छ । किनभने त्यो हाम्रो सार्वभौमसत्ता सम्पन्न संसदले पास गरेको विषय हो नि । त्यो प्रष्ट रुपमा, संस्थागत रुपमा, औपचारिक रुपमा एमसीसी सम्झौताको अंग बन्नुपर्छ । त्यसो गरेपछि मात्रै वास्तवमा यो कार्यान्वयन सहज हुनसक्छ । किनभने जनतामा उठेका प्रश्नहरु स्पष्ट हुनुपर्‍यो । अरु धेरै कुरा भन्दापनि त्यहाँ पास भएको १२ बुँदे घोषणापत्र सम्झौताको अंग बन्नुपर्छ भन्ने छ । त्यसै अनुसार जान्छ ।’

उहाँले वर्तमान सत्तारढ गठबन्धनमा तत्कालै कुनै समस्या नआउने बताउनु भयो । उहाँले सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका बीचमा पनि कुनै खटपट नपरेको बताउनु भयो ।