२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

एनआरएन चुनाव : अमेरिकामा अन्तर्घातको लहर

एनआरएन चुनाव : अमेरिकामा अन्तर्घातको लहर
अ अ+ अ-

यही मे २ शनिवारको दिन टेक्सासको युलेस सिटिको काउन्सिल पदमा उमेदवार वनेका टीका पौडेललाई भ्याई नभ्याई थियो । उनी सिटीको काउन्सिलमा विजयी भएर राजनीतिक सहभागिताको लागि दौडधुपमा थिए । 

त्यहीवेला नेपाली अमेरिकनलाई मूलधारको राजनीतिमा लानुपर्छ भन्ने मान्यता राखेका एनआरएनका अध्यक्षका उमेदवारहरु डा।अर्जुन वन्जाडे र कृष्ण लामिछाने आफनो चुनावको अभियानको लागि क्रमश नर्थ क्यारोलिना र डेनभरको यात्राको लागि अघिल्लै दिन हिडिसकेका थिए । 

उनीहरुलाई एक दिनको समय दिएर आफनै गृह राज्यमा अमेरिकी सरकारमा प्रतिनिधीत्व गर्न तम्सिएका टीका पौडेललाई मनोवल उचो पार्नेै समय भएन । यसले एनआरएन अमेरिकामा उमेदवार वन्नेहरु अमेरिकामा हुर्कदै गरेको दोश्रो पुस्ताको लागि सोच्न समेत सक्दैनन भन्ने पुष्टि गरेको छ । 

एनआरएनको चुनाव आउन अझै महिना दिन छ , तर पौडेलले शनिवारको निर्वाचनमा ३० मतको पछाडि परेर रनअफमा जानु पर्ने भएको छ । अर्थात कुनै उमेदवारले पचास प्रतिशत भन्दा कम मत ल्याएको खण्डमा मुख्य प्रतिस्पर्धी दुई जनाले ५० प्रतितको लागि अर्को निर्वाचनमा जानुपर्छ । 

अर्को उदाहरण, एनआरएन आईसिसिले अहिले एउटा प्रदेशमा एउटा व्लड बैंक सहितको एम्वुलेन्सको लागि पहल गरिरहेको छ त्यसको लागि करिव पचास हजार डलर खर्च हुने गरि रकम संकलन गरियो । 

अहिले एनआरएनको उमेदवार वनेका कसैले पनि त्यसको लागि पाँच हजार डलर सहयोग गर्न सकेनन या चाहेनन् । सयौ मानिसहरुवाट उठाएर त्यो एम्बुलेन्स खरीद गरिएको छ । तर कोरोना महामारीको वीचमा व्यवसाय भएकाहरुले पिपिई ऋण पाएका छन् । उनीहरुले यस्तो रकम न्यून व्याजदरमा लिएका छन त्यही पैसामा व्यवसायीको नाममा एनआरएनको दौडमा होमिएका छन् । 

अमेरिकामा रहेका नेपालीहरुलाई एनआरएनको चुनावले तताएको छ । कोरोना महामारीवाट विस्तारै लय समात्न थालेको अमेरिकामा एनआरएनको चुनावले को कसको गुटमा भन्ने देखि कसले कति पैसामा कति सदस्य वनायो भन्ने सम्मका अनेकन कन्सपीरेसि थ्योरी चलिरहेको छ । 

मैदानका अध्यक्षका उमेदवार वनेका वुद्धि सुवेदीले चार लाख डलर खर्च हुने अनुमान गरेको उनका निकट वर्तिहरुको दावी रहेको छ । अर्कोतर्फ अर्का उमेदवार कृष्ण लामिछाने सहकारीको अभियानमा खर्च गरिरहेका छन्। 

एनआरएनको चुनावमा प्यानल वनाएर लडन नपाईने भएता पनि प्यानल वनाएर निर्वाचनमा होमिएका लामिछानेको टीमले हामीहरु २ लाख ५० हजार डलर संकलन गरिसकेका छौं यति यसले पुगेन भने थप रकमको जोहो हुन्छ भन्न लागेका छन् । 

तुलनात्मक रुपमा कम पैसा भएका भनिएका डा अर्जुन वञ्जाडेलाई पनि जनसम्पर्क समितिको संस्थापन पक्षले सहयोग गरेर केही रकमको जोहो गरिदिएको छ । केही समय अगाडि एनआरएनका एक पूर्व अध्यक्षले वञ्जाडेलाई एक लाख डलर निकाल्न सक्नुहुन्छ भने अध्यक्षमा लडन आउनु भनेका थिए । 

तर उनलाई पनि विभिन्न राज्यमा रहेका र उनको टीममा वस्न तयार भएकाहरु वोर्ड अफ डाईरेक्टर देखि सवैले सहयोग गरेको उनको अभियानमा लागेकाले जानकारी दिएका छन् । 

एनआरएनको उमेदवारहरुमा अध्यक्षका अर्का प्रत्यासी हुन तिलक केसी । उनी विभिन्न व्यवसायमा संलग्न रहेका छन उनलाई प्रवासी मञ्चले आफनो उमेदवार वनाएर सहयोग गर्ने वचन दिएको छ । तर अरु उमेदवार जस्तो उनी तडक भडक भएर हरेक राज्यमा पुगेका छैंनन् । उनको नारा सिण्डीकेट तोडौ भनिएको भएता पनि उनी एक जनाले सिण्डीकेट तोडनलाई न त सक्ने छन न त आफनो पक्षमा उवार ल्याउन सक्ने नै छन् । 

अर्का अध्यक्षका प्रत्यासी सूर्य लम्साललाई निर्वाचनमा योग्य नभएको विल्ला भिराएर निर्वाचन उत्रिनै नदिने जस्तो अप्रजातान्त्रिक चरित्र एनआरएनमा देखा परेको छ । यसको लागि कानूनी राज भएको अमेरिकामा एउटा गैर नाफामुलक संस्थामा कानूनको वर्खिलाप हुने गरी विधान निर्माण गरेर त्यसलाई लागू गर्न खोजिनु आपत्तिजनक भएको एनआरएनका अभियन्ताहरु कै तर्क छ । 

यस अगाडिको निर्वाचनमा सदस्यमा हारेकाहरु यस पटक सचिव,महासचिव तथा उपाध्यक्षमा पदमा उठेर संगठनको संरचना माथि नै धज्जी उडाईरहेका छन् भने गत वर्ष कोरोना महामारीको वेलामा विद्यार्थीलाई २५ डलर सहयोग गरेर डंका पिटनेहरु पनि उमेदवार वनेका छन् । 

स्मरणीय छ गत वर्ष कोरोना महामारीको वेलामा सहयोगको नाममा धनी एनआरएनका गरीव गफ गरेकाहरु यस पटक एनआरएनमा उमेदवार वनेका छन । 

त्यो भन्दा पनि रोचक पक्ष त अमेरिकाको एनआरएनमा उमेदवार वन्नेहरु लहलहैमा लागेर आफनो क्रेडिट कार्ड घोटेर यो अभियानमा लागेका छन । चुनाव हारेपछि उनीहरुको हालत नेपालमा डेजी वराईलीको गीत भैसी लडयो है माया भीर वाट लडेर भन्ने पुष्टि हुने छ । 

यसैवीच एनआरएनका अभियन्ताहरुले पत्रकारहरुलाई टिकट काटेर कार्यक्रम स्थल सम्म पुरयाउने गरेको आरोप खेपेका छन् । आईतवार मात्रै कृष्ण लामिछाने पक्षले एक पत्रकारलाई आफै खर्चमा डेनवर उतारेका थिए । अमेरिकामा रहेका केही अव्यावसायिक पत्रकारहरुलाई एनआरएनको चुनाव देऊसी भैलो खेल्ने स्थान वनेको टिप्पणी सुनिएको छ । 

गत वर्षको निर्वाचनमा पनि एक अध्यक्षका प्रत्यासीसँग सात सय डलर लिएको विषयले हंगाामा मच्चिएको थियो । चोरिसकेको सामान पछि फिर्ता गरे जस्तै आलोचना भएपछि ती पत्रकारले अध्यक्षका प्रत्यासीको रकम फिर्ता गर्न विवश भएका थिए । 

एनआरएनको चुनाव सँगै नेपाली कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समिति अमेरिका चार फयाकमा विभाजन भएको छ । संस्थापन पक्ष अर्थात नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको गुटले डा अर्जुन वञ्जाडेलाई समातेको छ भने कांग्रेसले कतै स्वीकृति नदिएको विष्णु सुवेदी गुटले कृष्ण लामिछानेलाई समातेको छ भने त्यही गुटको अर्को समूह र केशव पौडेलको गुटले वुद्धि सुवेदीलाई एकै ठाउँमा पारेको छ । 

पेचिलो विषय त के छ भने अघिल्लो एनआरनको चुनावमा केशवको गुटमा रहेकाहरु अहिले उछिटिएर वन्जाडे र लामिछानेको गुटमा पुगेका छन । कतिपय राज्यहरुमा कांग्रेसको गुट गुटको झगडामा अघिल्लो पटक गाँड कोराकोर गरेकाहरु अहिले एउटै गुटको दौडमा कुम जोडेर वसेको तस्वीर सार्वजनिक भएको छ । च्याप्टरहरुमा पनि भाँड भैलो मच्चिएको छ । 

कतिपय च्याप्टरहरुमा जनसम्पर्क समितिको सदस्य लिएको प्रमाण मागिएको छ भने कतिपयमा विगतको आईसिसिको चुनावमा जनसम्पर्क समितिको विपक्षमा मतदान गर्नेहरुलाई हराउने भनेर हात धोएर लाग्ने समूह पनि देखिएको छ । 

उता विभिन्न जिल्लागत समाजहरु आफनो जिल्ला वासीलाई जिताउने भनेर लागिपरेका छन् । म्याग्दी समाज, वाग्लुग समाज, पर्वत समाज, कास्की समाज , चितवन समाजका सदस्यहरु ग्रुप गु्रपमा आफना जिल्ला वासीलाई जिताउन भन्दै लागि परेका छन् । 

यसमा सवैभन्दा पेचिलो चितवन समाजलाई परेको छ । महिला सचिवमा दुई जना सुनिता कडेल र तारा ढकाल दुवै चितवन वासीका परेपछि समस्या आएको छ । यस पटक विभिन्न ३३ च्याप्टरमा गरी कूल ४२४ जना उमेदवार वनेका छन् । 

कतिपय च्याप्टरहरुमा निर्विरोध निर्वाचित भएका छन् । एनआरएनको च्याप्टरहरुमा त्यति आकर्षण भएको देखिदैंन कतिपय च्याप्टरहरुमा महिला संयोजकमा कसैले पनि उमेदवारी दिएका छैंनन् ।  

समग्रमा हेर्दा एनआरएन अमेरिकामा चुनावको नाममा जे जति रकम खर्च भएको छ, त्यो अनुत्पादक रहेको छ भने अर्को तर्फ एक अर्कामा सत्रुता कायम हँदै गएको छ । 

यसले संख्यात्मक हिसावले सानो र आप्रवासनको हिसावले भर्खर वामे सर्दे गरेको नेपाली अमेरिकन समुदायको सूदूर भविष्यको अन्धकार भविष्यको भाष्य तयार गरेको विश्लेषकहरुको टिप्पणी रहेको छ ।