५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका कप्तान बाबरले भने – कोहलीबाट धेरै कुराहरु सिकेको छु



अ+ अ-

एजेन्सी । भोलि शनिबार एसिया कप अन्तर्गत सर्वाधिक चर्चामा रहेको भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले मैदानमा दुई चीरप्रतिद्वन्द्वी आमनेसामने हुँदैछन् । दुबै टोली एसिया कपको प्रमुख दाबेदार हुन् । खेल नेपालीसमयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न नमानेपछि खेल श्रीलंकामा हुन लागेको हो ।

यसैबीच, एसिया कपको पहिलो खेलमा १५१ रनको इनिङ खेलेपछि पाकिस्तानी कप्तान बाबर आजमले भारतीय ब्याट्सम्यान विराट कोहलीबाट धेरै कुराहरु सिकेको बताएका छन् ।

उनले भनेका छन्, ‘विराट जस्ता ठूला खेलाडीले हौसला दिँदा राम्रो लाग्छ । तपाईको आत्मविश्वास बढ्छ। मैले कोहलीबाट धेरै कुरा सिकेको छु ।’

बाबरले स्टार स्पोर्ट्सलाई भने– ‘जब मैले उनलाई (कोहली)२०१९ विश्वकपमा भेटेको थिएँ, उनी आफ्नो चरम सीमामा थिए र अहिले पनि उत्कर्षमा छन् । त्यतिबेला उनीबाट केही लिनुपर्छ भन्ने सोचमा थिएँ । त्यतिबेला मैले उनलाई जति पनि प्रश्न सोधें, उनले मलाई राम्ररी बुझाउँथे ।’

गत वर्ष एसिया कप खेल्दा कोहलीले बाबरको बारेमा बोल्दै पाकिस्तानी कप्तान (बाबर) लाई वर्तमान क्रिकेटको उत्कृष्ट ब्याट्सम्यान भनेका थिए ।

कोहलीले भनेका थिए, ‘मैले पहिलो दिनदेखि नै उनमा धेरै सम्मान देखेको छु । यति हुँदाहुँदै पनि उनी अहिले सबै फर्म्याटमा विश्वकै शीर्ष ब्याट्सम्यान हुन्, यसमा कुनै परिवर्तन आएको छैन । मलाई लाग्दैन कि मप्रति उनको दृष्टिकोणमा कुनै परिवर्तन हुनेछ ।’

यस्तो अवस्थामा बाबरले यसबारे पनि कुरा गर्दै भने, ‘जब कसैले तिम्रो बारेमा यस्तो टिप्पणी गर्छ । विराटले मेरो लागि दिएको कमेन्ट मेरो लागि गर्वको क्षण हो । यस्ता कुराहरूले तपाईंलाई धेरै राम्रो महसुस गराउँछ ।’

बाबर र कोहलीको पहिलो भेट २०१९ एकदिवसीय विश्वकपमा भएको थियो । हालै स्टार स्पोर्ट्सलाई दिएको एक अन्तर्वार्तामा कोहलीले बाबरसँगको पहिलो भेटको किस्सा सुनाएका थिए । उनले बाबर तीनै फर्म्याटका उत्कृष्ट ब्याट्सम्यान रहेको बताएका थिए ।

बाबरले बुधबार एसिया कप २०२३ को पहिलो खेलमा नेपालविरुद्ध आफ्नो एकदिवसीय करियरको १९ औं शतक प्रहार गरेका थिए । बाबर एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १९ शतक बनाउने ब्याट्सम्यान बनेका छन् ।

यसरी उनले कोहलीलाई पनि पछि पारे । कोहलीले आफ्नो एकदिवसीय करियरको १९ औं शतक आफ्नो १२४ औं इनिङ्समा पूरा गरेका थिए । बाबरले १०२ औं इनिङ्समा १९ शतक बनाएर कीर्तिमान बनाएका हुन् ।