• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

नेपालसामु बहराइन ३१ रनमा अल आउट, ६ खेलाडीले खाता खोल्न पाएनन्



काठमाडौँ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको शानदार प्रदर्शनमा बहराइनले ३२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन नेपाली बलर हाबि हुँदा १५.४ ओभरमा ३१ रन बनाउदै अलआउट भयो ।

बहराइनकी कप्तान दीपिकाले २० सर्वाधिक ११ रन बनाउदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा बहराइनका ६ खेलाडी खाता नखोलि शून्य रनमा आउट भए ।

नेपालकी इन्दु बर्माले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर तीन विकेट लिइन् । खुशी डंगोलले १.४ ओभरमा १ मेडनसहित रन नदिइ दुई विकेट लिइन् । कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले समान एक एक विकेट लिए ।

हिजो भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।