२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्युठानमा थप एक हप्ता लकडाउन



अ+ अ-

रुपन्देही । कोरोना नियन्त्रणका लागि प्युठानमा थप एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १८ देखि २४ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय बैठकले गरेको थियो । अब वैशाख मसान्तसम्म लकडाउनको समय थप भएको छ 

बैठकले एन्टिजेन परीक्षणका लागि प्रदेश सरकारसँग पाँच हजार कीट माग गरेको छ । त्यसैगरी १०० थान अक्सिजन सिलिण्डर माग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो ।

यसैबीच जिल्लास्तरीय आइसोलेशन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । प्युठान नगरपालिका–४ बिजुवारस्थित निर्माण व्यवसायी सङ्घ प्युठानको भवनमा रहेको आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो । पचास शय्या रहेको आइसोलेशन केन्द्रमा हाल ३२ शय्या तयारी अवस्थामा रहेको नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो ।