२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः बर्नलेसँग बराबरीमा रोकियो युनाइटेड, एभर्टनमाथि न्युक्यासलको जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । 

बुधबार मध्यरातमा भएको खेलमा युनाइटेडले बर्नलेसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । 

बर्नलेको घरेलु मैदानमा खेलको १८ औं मिनेटमा पउल पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । 

यता, ४७ औं मिनेटमा जे रोड्रिग्वेजले गोल गर्दै बर्नलेलाई बराबरीको स्थितीमा ल्याए । त्यसपछि दुबै टिमले गोल गर्ने प्रयास गरेपनि सफल नहुँदा खेल बराबरीमा सकियो । 

बराबरीसँगै २३ खेलबाट ३९ अंकसहित युनाइटेड अंकतालिकाको पाँचौं स्थानमा छ भने २० खेलबाट १४ अंकसहित बर्नले पुछारमा छ । 

यस्तै, सोही समयमा भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३-१ गोलले पराजित गरेको छ ।

खेलको ३६ औं मिनेटमा न्युक्यासलका जमाल लासेलेसले आत्मघाती गोल गरेपछि एभर्टनले सुरुवाती अग्रता बनाएको थियो । त्यसको १ मिनेटपछि अर्थात ३७औं मिनेटमा एभर्टनका मासन होल्गेटले आत्मघाती गोल गरेपछि न्युक्यासल बराबरीमा आयो ।

दोस्रो हाफमा न्युक्यासल खेलमा फर्कियो । घरेलु मैदानमा ५६ औं मिनेटमा र्यान फ्रासरले र ८० औं मिनेटमा किएरन ट्रिपरले गोल गर्दै न्युक्यासललाई जित दिलाए ।

२१ खेलबाट १९ अंकसहित एभर्टन १६ औं स्थानमा रहँदा २२ खेलबाट १८ अंकसहित न्युक्यासल १७ औं स्थानमा छ ।