काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी आज बस्ने भएको छ । केही समय पछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा वागमतीको रिक्त राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार चयन र माधव नेपाल सहित नेताहरु माथि गरिएको कारवाही फिर्ता गर्ने विषयमा छलफल हुने एक स्थायी समितिका सदस्यले जानकारी दिनुभयो ।
यसैबीच बिहिबार मध्यरातसम्म राष्ट्रपति विद्यादेबी भण्डारीको रोहवरमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कारबाही गरिएका नेता माधव नेपाल बीच बिवादलाई अघि नबढाउने सहमति भएको स्रोतले जनाएको छ ।
साँझ ७ बजे राष्ट्रिपति भवन पुग्नु भएका नेता नेपाल र त्यसको केही समय पछि पुग्नु भएका अध्यक्ष ओली बिच लामो संवाद भएको थियो । उहाँहरु बीच संवाद तथा सहमतिका लागि दोश्रोतहका नेताहरुले प्रयास गरिरहनु भएको थियो ।











