• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री

संरचनागत सुधार नगरे मुलुकमा सजिलै वैदेशिक लगानी आउन सक्दैन: पूर्वअर्थमन्त्री शर्मा



काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना भएपनि लगानीका सम्भावनाहरुलाई परिचालन गर्न नसकेको बताउनु भयो । उहाँले नेपालमा आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको बताउनु भयो ।

उहाँले सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास नगर्दा सरकारका संरचनाहरुले आवश्यकताको आधारमा काम गर्न नसकेको बताउनु भयो । उहाँले मुलुकको संरचनागत सुधार आजको आवश्यकता भएको दाबी गर्नुभयो । पूर्वअर्थमन्त्री शर्माले मुलुकमा भारत,चीन,अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिक नीतिको कारण प्राप्त गरिरहेको बताउनु भयो ।

उहाँले वैदेशिक लगानी ल्याउनको लागि नेपालले प्रयासहरुलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक लगानी ल्याउँदा पनि नेपाल सरकारलाई चुनौतिहरु रहेको बताउनु भयो । उहाँले नेपालको अर्थकुटनीतिक कमजोर हुँदा एक देशले नेपालमा लगानी गर्दा अर्को देश सशंकित हुने अवस्था रहेको बताउनु भयो । उहाँले वैदेशिक लगानी पनि नेपालमा समस्याको रुपमा देखिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा लगानीका प्रस्शत सम्भावना छन् । तर लगानीका सम्भावनाहरुलाई परिचालन गर्न सकिरहेका छैनौं । आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको छ । प्राप्त मात्रामा छैन । सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास गरिरहेको छैन । सरकारका संरचनाहरु छन् । तर आवश्यकताको आधारमा काम हुन सकेको छैन । त्यसको प्रतिफल मुलुकले लिन सकेको छैन । मुलुकको संरचनागत सुधार आजको आवश्यकता हो । अब सरकारले संरचनागत सुधार नगरी नेपालमा सजिलै वैदेशिक लगानी आउन सक्दैन ।

मुलुकमा भारत,चीन,अमेरिकाको लगानी आइरहेको छ । नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिकको कारण प्राप्त गरिरहेका छौं । वैदेशिक लगानी ल्याउनको लागि नेपालले प्रयासहरुलाई बढाउनुपर्ने आवश्यकताहरु छ । वैदेशिक लगानी ल्याउँदा पनि हामीलाई चुनौतिहरु छन् । एक देशको नेपालमा लगानी आउँदा अर्को देश संशकित हुन्छ । यसको कारण नेपालको अर्थकुटनीतिक कमजोर हुनु हो । हामीले त्यो कुरा बुझाउन सकिरहेका छैनौं । वैदेशिक लगानी पनि नेपालमा समस्याको रुपमा देखिन्छ ।’

उहाँले सरकारले आर्थिक रुपमा समृद्धि ल्याउनको लागि संरचनागत सुधार र स्थिर राजनीतिक आवश्यक रहेको बताउनु भयो । उहाँले अस्थिर राजनीतिक भएसम्म आर्थिक वृद्धि हुन नसक्ने बताउनु भयो ।