२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा
अ अ+ अ-

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ । 

पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुबै पक्षले प्रयास गर्नेछन् । 

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गर्न लाग्नु भएको जनाएको छ । 

प्रधानमन्त्री खानका साथ विदेश मन्त्री र मन्त्रिमण्डलका अन्य सदस्य समेतको प्रमण्डल रहेको छ । भ्रमणका क्रममा साउदी पक्षसँग आर्थिक, व्यापारिक, लगानी, ऊर्जा, रोजगारीका अवसर समेतका विविध विषयमा छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । साथै बैठकमा दुबै पक्षले आपसी चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि विचार आदानप्रदान गर्ने डनले लेखेको छ ।

साउदी अरेबियाको भ्रमणका क्रममा प्रधानमन्त्री खानले इस्लामिक सहयोग संगठन ९ओआइसी० का महासचिव युसुफ अल–ओथाइमीन, विश्व मुस्लिम लिगका महासचिव मोहम्मद बिन अब्दुलकरिम अल–इसा र मक्का एवं मदिनाका मस्जिदका इमामसँग पनि भेटघाट गर्नु हुनेछ ।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तान र साउदी अरेबियाबीच लामो र ऐतिहासिक भातृत्वपूर्ण सम्बन्ध रहिआएको उल्लेख गरिएको छ । “दुई देशबीचको सम्बन्ध सबै क्षेत्रमा प्रगाढ रहेको तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मामिलामा आपसी समझदारी रहँदै आएको छ,” विज्ञप्तिमा भनिएको छ । 

यद्यपी पाकिसतान र साउदी अरेबियाबीचको सम्बन्धमा सन् २०१५ देखि तिक्तता आएको छ । खासगरी यमनमा जारी युद्धमा पाकिस्तानी संसदले आफ्ना सेना पठाउन रोक लगाउने निर्णय गरेपछि दुबै देशबीच असमझदारी बढेको हो । साउदी अरेबियाको अग्रसरतामा यमनमाथि आक्रमण हुँदै आएको छ जसबाट ठूलो जनधनको क्षति भइरहेको छ ।