काठमाडौं । नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको विभिन्न प्रयोगशालामा उक्त संख्यामा संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै शुक्रबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० रहेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर २० हजार ४८२ परीक्षणमा १९ हजार ९८७ जनाको पिसिआर र ४९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
थपिएका संक्रमितसँगै हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ भने २ लाख ९५ हजार ३९५ संक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २९ सय ५ संक्रमित निको भएका छन् । यस्तै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ सय ७९ पुगेको छ ।











