४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले टस जित्यो, नेपाल पहिले फिल्डिङमा



अ+ अ-

काठमाडौँ । एसिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । मुल्तान क्रिकेट रंगशालामा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा केहीबेरमै सुरु हुँदैछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र पाकिस्तानबीच यो पहिलो भेट हो ।

गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले आज पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ ।