२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन, अभाव छैन

दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन, अभाव छैन
अ अ+ अ-

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ मा अवस्थित ‘हाम्रो अक्सिजन ग्याँस उद्योग प्राली’ले दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ ।  हाल उद्योग चौबिसैघण्टा निरन्तर सञ्चालन गरेर दैनिक सातसय ठूलो सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको प्रालीका सञ्चालक प्रदीपकुमार सेढाईले जानकारी दिनुभयो ।

उहाँको अनुसार कम्पनीको क्षमता आठसय सिलिण्डर गर्नसक्ने भएपनि विद्युत आपूर्तिमा हुने गरेको गढबढीका कारण केही क्षमता भन्दा केही कम उत्पादन भएको हो । कम्पनीको अनुसार एक सिलिण्डरमा ४७ लिटर अक्सिजन भर्ने गरिएको छ । “यसअघिका दिनमा उत्पादन गरिएका अक्सिजन अस्पताल सहित अन्य उद्योग तथा कलकारखानामा समेत उपलब्ध गराउदै आएकोमा यही वैशाख २० गते बसेको उद्योगको सञ्चालक समितिको बैठकले हाल कोरोना सङ्क्रमित बिरामीको लागि देशभर अक्सिजनको अभाव भएसगैँ अस्पताल र बिरामीको लागी मात्रै उपलब्ध गराउने निर्णय गरेको छ ।” उहाँले भन्नुभयो “कम्पनीबाट यसअघि कोही कसैले लगेर खाली बनाएर राखेका खाली सिलिण्डरको खोजी र मौजुदा राखेको भए सङ्क्रमण अवधिको लागी कम्पनीलाई नै उपलब्ध गराउन अपिल गरेको छ ।”

कोरोना सक्रमित बिरामीको लागी एक दिनमा ठूलो सिलिण्डर करिब एकवटा प्रयोग हुने भएकाले जिल्लाको लागि अक्सिजनको माग पूरा भएपछि काठमाडौ लगायत माग भएर आएका अस्पतालमा पठाउने उद्योगका अध्यक्ष नवराज पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार हाल कोरोना रोगको सङ्क्रमणको दरमा भैरहेको बृद्धि र उपचारको लागि अक्सिजन सहितको सेवा अत्यावश्यक रहेको समयमा चौबिसै घण्टा उद्योग चलाएर अधिकतम सेवा प्रवाहमा केन्द्रित गरिएको छ । 

ककनीमा रहेको अक्सिजन उद्योगको लागी यहाँको देवीघाट स्थित सवस्टेशनबाट लगिएको प्रशारण लाइनको विद्युतमा दैनिक जसो हुने गढबढीको कारण लक्ष्य अनुसार उत्पादनमा भने कठिन देखिएको छ । “उद्योगको क्षमता अनुसार उत्पादन गर्न सकिएको छैन, नियमित विद्युत् आपूर्ति भएमा प्रतिदिन नौ सय सिलिण्डर उत्पादन गर्न सकिन्छ ।” अध्यक्ष पाण्डेले भन्नुभयो, “विद्युत्मा रहेको समस्या समाधानका लागी पहल गर्न जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रलाई अनुरोध गरेकाले समस्या समाधान भएमा उत्पादन बृद्धि गर्दै लैजान्छौ ।”  
 
चारहजार २०० सिलिण्डिर मौज्दात

उद्योगसंग रहेका ४७ लि। क्षमताको पाच हजार ठूला सिलिण्डर मध्ये हाल चार हजार २०० सिलिण्डर चालु अवस्थामा छन् । कोरोना बिरामीको लागि अन्य बिरामीको भन्दा अक्सिजन बढी खपत हुने भएकाले ठूला सिलिण्डर नै प्रयोग गर्नुपर्ने देखिएको छ । सक्रमित बिरामीको लागि प्रतिघण्टा दश लिटरसम्म अक्सिजन आवश्यक पर्ने चिकित्सकहरुको भनाइ छ । 

दम तथा अन्य प्रकृतिका बिरामीको लागी प्रयोग गर्ने गरेको १० लि। क्षमताका ३५० वटा र १५ लि। क्षमताको ५०  सिलिण्डर पनि उद्योगसँग मौज्दात रहेको अध्यक्ष  पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार कोरोना सङ्क्रमित बिरामीको लागी भने ठूलो सिलिण्डर नै आवश्यक पर्ने भएकाले कम्पनीले ठूलो सिलिण्डरलाई प्रथामिकता दिएर रिफिल गर्दै आएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले बिरामी तथा अन्य प्रयोजनको लागि लगिएको  सिलिण्डर भएमा त्यसलाई खाली नराख्न र आफूलाई सिलिण्डरको आवश्यकता नभए हाल कोरोना रोगको महामारीको समयभरका लागी कम्पनीलाई नै उपलब्ध गराउन आग्रह गरेको छ ।४७ लिटर क्षमताको ठूलो अक्सिजन सिलिण्डरलाई रु पाँचसय शुल्क तोकिएको उद्योगले जनाएको छ । उक्त उद्योग दशवर्ष अघि ३२  लगानीकर्ताले रु १५ करोडमा सुरु गरेका थिए ।
 
अक्सिजन अभाव छैन: त्रिशूली अस्पताल 

त्रिशूली अस्पतालसंग आफ्नै अक्सिजन उद्योग भएका कारण अक्सिजनको अभाव छैन । अस्पतालको अक्सिजन उद्योग मार्फत ६४ वटा प्वाइन्टमा बनाएर बिरामीको श्ययासम्म पाइप मार्फत अक्सिजन उपलब्ध गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार अस्पतालले उद्योगमा कम्प्रेसर उपकरण जडानको प्रक्रियामा रहेकाले एक महिनाभित्रै व्यावसायिक उत्पादन (सिलिण्डरमा भरेर कारोबार गर्ने) थाल्न लागिरहेको छ ।
–रामहरि न्यौपाने