२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शशांकद्वारा कारागार पुगेर बालकृष्ण खाँणसँग भेट



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग भेट गर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेता कोइरालाले कारागारमै गएर भेट्नुभएको हो ।

खाँणलाई भेट्न बुधबार बिहान ९:१५ बजे कोइरला केन्द्रीय कारागार सुन्धारा पुग्नुभएको थियो । उहाँसँग थप दुई जना अन्य व्यक्ति पनि रहेको बताइएको छ । खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो ।

थुनामा रहेका खाँणलाई यसअघि कांग्रेस नेताहरु डा शेखर कोइराला, परराष्ट्रमन्त्री एनपी साउद लगायतका नेताहरुले पनि भेटिसक्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँण वैशाख २७ गते पक्राउ पर्नुभएको हो । जिल्ला अदालत काठमाडौंको आदेशमा उहाँलाई १ असारमा पुर्पक्षका लागि कारागार पठाइएका थिए ।