२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल शुरु



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल शुरु भएको छ ।

बुधवार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल शुरु भएको हो ।

बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साटै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुने बताइएको छ । भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापतिहरु सर्वसम्मत रुपमा चयन भएका थिए ।

जसअन्तर्गत सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह हुनुहुन्छ । त्यस्तै अर्थ समितिको सभापतिमा नेपाली काँग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली काँग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाली काँग्रेसकी डा.आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान हुनुहुन्छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, कानून, न्याय तथा मानवअधिकार समितिमा नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन् हुनुहुन्छ । सभापतिसँगको सभामुखको छलफलमा नेकपा (एकीकृत समाजवादी) का शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति जनता समाजवादी पार्टीका राजकिशोर यादव भ्ने उपस्थित हुनुभएको छैन ।