८ भाद्र २०८३, सोमबार
,
Latest
मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी



Photo: ISRO
अ+ अ-

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो)ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ ।

गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो ।

चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरणले पत्ता लगाएको थियो ।

“तथ्याङ्क सङ्कलन र अध्ययन गर्ने वैज्ञानिक प्रयोगहरू ‘इन–सीटू’ जारी छन् । रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुवनजिकै चन्द्रमाको सतहमा सल्फर (एस)को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको छ ।”

टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति पनि अपेक्षित रूपमा पत्ता लगाइएको छ । हाइड्रोजनको खोजी जारी छ,” इसरोले एक्स (ट्वीटर)मा जारी एक पोस्टमा भनेको छ ।

लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप ९एलआईबीएस०’ उपकरण दक्षिणी शहर बेङ्गलुरूस्थित आफ्नो प्रयोगशालामा विकसित गरिएको इसरोले जनाएको छ ।