१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

प्रेम र गुलाफमा समानता

प्रेम र गुलाफमा समानता
अ अ+ अ-

काठमाडौँ । आगामी फागुन २ गते सोमबार भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस हो । प्रेम व्यक्त गर्ने दिन। अभिव्यक्त गर्न गुलाफभन्दा आकर्षक के हुन सक्छ। दिनका लागि धेरै उपहार हुन सक्छन् तर गुलाफको फूल प्रेम व्यक्त गर्ने सबैभन्दा कोमल तरिका हो। गुलाफ र प्रेमबीच धेरै समानता छन्।

यसको अर्थ गुलाफ सुन्दर हुन्छ तर यसलाई अझ सुन्दर बनाउने कुरा भनेको यसको सुगन्ध हो जुन यसको प्राकृतिक गुण पनि हो। त्यसैगरी प्रेम पनि धेरै सुन्दर हुन्छ तर यसलाई अझ सुन्दर बनाउने कुरा भनेको आपसी समझदारी र एकअर्काप्रतिको विश्वास हो जुन प्रेमको गुण हो । यदि यो गुण प्रेममा हुन्छ भने प्रेम पनि गुलाफ जस्तै सुगन्धित हुन्छ र अझ सुन्दर बन्छ। यति मात्र होइन गुलाफको फूलमा काँडा पनि हुन्छ। यसले प्रेमीहरुलाई प्रेममा केही पीडा पनि हुन्छन्, काँडाले घोच्छ तर पीडा र घोचाइको वास्ता गरियो भने प्रेमको सुन्दर फूलबाट वञ्चित भइन्छ भन्ने कुरा पनि दर्शाउँछ ।

गुलाफको फूलले प्रेमीलाई एउटा कुरा सिकाउँछ– जसरी गुलाफलाई हातमा मिचेर फ्याँक्यो भने फ्याँक्नेको हातमा सुगन्ध रहिरहन्छ त्यसैगरी प्रेममा पनि कोही एकजना विछोडियो भने त्यो याद साथमा रहिरहन्छ । प्रेम र गुलाब एक अर्काका पर्याय हुन् । दुवैको कथा एउटै छ । त्यसैले सायद प्रेमको प्रतीकका रूपमा गुलाफलाई लिइन्छ । यो कुरा पनि ध्यानमा राख्नुहोस्, गुलाफ दिएर मात्र प्रेम हुन्थ्यो भने माली सारा सहरको प्रेमी हुनेथियो । त्यसैले माथिको प्रेमको अनुभूतिलाई गुलाफको फूल दिनेसँग जोड्नु पर्छ।

गुलाफ र प्रेमको सम्बन्ध धेरै पुरानो छ। ग्रीक र रोमन सभ्यतामा गुलाफलाई प्रेमकी देवी एफ्रोडाइट र भेनससँग जोडिएको छ। कथाअनुसार देवताहरूको भोजन अमृत थियो। जब प्रेमको देवता क्युपिडले आफ्नी माता देवी भेनसका लागि अमृत ल्याए, केही थोपाहरू बाहिर निस्किए। पहिलो गुलाफ यहीँ हुर्कियो। बाइबलमा उल्लेख गरिएका तीनवटा फूलमध्ये गुलाफ एउटा हो। हिन्दू धर्ममा गुलाफ र कमल दुईवटा फूल हुन् जसलाई धेरै मान्यता दिइएको छ।

गुलाफलाई संस्कृतमा पाटलम् भनिन्छ। विशेषगरी भगवान् कृष्णको पूजामा गुलाफको फूलको प्रयोग गरिन्छ । गुलाफ प्रेमसँग साढे दुई हजार वर्ष पहिले जोडिएको हुन सक्छ तर गुलाफ लामो समयदेखि पृथ्वीमा अस्तित्वमा छ। गुलाफ पृथ्वीमा करिब तीन करोड ५० लाख वर्षदेखि पृथ्वीमा छ।