२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यी स्थानमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भुभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आजको मौसम पूर्वानुमानबारे जानकारी गर्दै देशको पहाडी भूभागका केहि स्थान तथा प्रदेश नं १ को तराई भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा रहने जनाएको छ। 

यसैगरी, दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली हुनुका साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरूका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ भने, देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम  साथै प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।