२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले अन्य प्रतिपक्षीको मतलव गरेन: सन्तोष परियार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अन्य प्रतिपक्ष दलहरुलाई मतलव नै नगरी समिति सभापति लिएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले अरु पार्टीहरुलाई कुनै मतलव नै नगरी समिति सभापति लिएर गल्ती गरेको बताउनु भयो ।

उहाँले एमालेले मै लाउँ मै खाउँ भन्नेजस्तो व्यवहार गरेको बताउनु भयो । उहाँले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडिएको बताउनु भयो । उहाँले संसदलाई प्रभावशालि र गतिशिल बनाउन नभइ संकुचन गराउने प्रयास भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘समिति कुन नियतबाट बनाइएको छ भन्नेकुरा महत्वपूर्ण हुन्छ । यदी साँच्चिकै संसदलाई प्रभावशालि बनाउने, संसदलाई गतिशिल बनाउने हिसावमा लिएको हुन्थ्यो भने त्यो अर्कै हुन्थ्यो । यहाँ त नियत नै कस्तो छ भने त्यसलाई प्रभावकारी होइन कि संकुचन गर्ने । लोकतान्त्रिक विधिलाई अपm्ठ्यारोमा पार्ने र आफ्नो स्वार्थउपर प्रयोग गर्ने देखिएको भएर हामीले नलिएको हो । समिति बाँडफाँटमा सत्तापक्षले गल्ती गर्‍यो । दोस्रो कुरो प्रमुख प्रतिपक्षले अरु प्रतिपक्षी पार्टीहरुलाई कुनै मतलव नै नगरी मै खाउँ मै लाउँ जसरी गर्‍यो । यो दुईवटै गल्ती भयो । सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन बाँडियो ।’

उहाँले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भएपनि आफूहरुले नलिएको बताउनु भयो ।