२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सीआईबीलाई निकम्मा बनाएको एमालेको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निकम्मा बनाएको आरोप लगाएको छ ।

मंगलबार प्रतिनिधिसभाको विशेष समय बोल्दै एमालेका मुख्य सचेतक पदम गिरीले सुन तस्करी प्रकरणमा जोडिएका प्रधानमन्त्री निकटका व्यक्तिहरुलाई सामान्य सोधपुछसमेत नगरिएको आरोप लगाउनुभयो ।

“अहिले सीआईबीलाई निकम्मा बनाउने काम भयो”, उहाँले भन्नुभयो “सत्ता पक्षका नेता देखिएपछि सीआईबीले अनुसन्धानसमेत गर्न सकिरहेको छैन ।”

मुख्य सचेतक गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको गफ दिने तर व्यवहारमा भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको आरोप लगाउनुभयो ।

गिरीले भ्रष्टाचारका नाइके, राजनीतिक दलको उपल्लो तहका नेतालाई छानबिनको दायरामा नै नल्याई उन्मुक्ति दिने गरिएको उल्लेख गर्दै भन्नुभयो, “तर भरियालाई जेलमा हाल्ने काम हुँदैछ ।”

गिरीले नेपाली कांग्रेसका सांसद सुनिल शर्माले न्याय र सुशासनको पक्षमा बोल्दा पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको आरोप लगाउनुभयो ।

सांसद गिरीले पटकपटक भएका तस्करीका कारण गणतन्त्रलगायत उपलब्धि गुम्ने अवस्थाको सिर्जना भएको बताउनुभयो ।

ललितानिवासको जग्गा अनियमितता प्रकरणमा पक्राउ परेकालाई ६० दिनसम्म थुनामा राखेर संगठित अपराधमा मुद्दा नचलाई सरकारी कागजात किर्तेको कसुरमा मात्र मुद्दा चलाएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो । “के लेनदेन मिलेर हो? ६० दिनसम्म थुनामा राखेर संगठित अपराधमा नभएर किर्तेमा मुद्दा चलाइयो ?” उहाँले प्रश्न गर्नुभयो ।




भर्खरै