२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सीआईबीलाई निकम्मा बनाएको एमालेको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निकम्मा बनाएको आरोप लगाएको छ ।

मंगलबार प्रतिनिधिसभाको विशेष समय बोल्दै एमालेका मुख्य सचेतक पदम गिरीले सुन तस्करी प्रकरणमा जोडिएका प्रधानमन्त्री निकटका व्यक्तिहरुलाई सामान्य सोधपुछसमेत नगरिएको आरोप लगाउनुभयो ।

“अहिले सीआईबीलाई निकम्मा बनाउने काम भयो”, उहाँले भन्नुभयो “सत्ता पक्षका नेता देखिएपछि सीआईबीले अनुसन्धानसमेत गर्न सकिरहेको छैन ।”

मुख्य सचेतक गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको गफ दिने तर व्यवहारमा भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको आरोप लगाउनुभयो ।

गिरीले भ्रष्टाचारका नाइके, राजनीतिक दलको उपल्लो तहका नेतालाई छानबिनको दायरामा नै नल्याई उन्मुक्ति दिने गरिएको उल्लेख गर्दै भन्नुभयो, “तर भरियालाई जेलमा हाल्ने काम हुँदैछ ।”

गिरीले नेपाली कांग्रेसका सांसद सुनिल शर्माले न्याय र सुशासनको पक्षमा बोल्दा पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको आरोप लगाउनुभयो ।

सांसद गिरीले पटकपटक भएका तस्करीका कारण गणतन्त्रलगायत उपलब्धि गुम्ने अवस्थाको सिर्जना भएको बताउनुभयो ।

ललितानिवासको जग्गा अनियमितता प्रकरणमा पक्राउ परेकालाई ६० दिनसम्म थुनामा राखेर संगठित अपराधमा मुद्दा नचलाई सरकारी कागजात किर्तेको कसुरमा मात्र मुद्दा चलाएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो । “के लेनदेन मिलेर हो? ६० दिनसम्म थुनामा राखेर संगठित अपराधमा नभएर किर्तेमा मुद्दा चलाइयो ?” उहाँले प्रश्न गर्नुभयो ।