६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको विरोधमा संसद् घेराउ गर्दै कम्युनिस्ट पार्टीहरु



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित आधा दर्जन कम्युनिस्ट पार्टीले बुधबार संयुक्तरुपमा सङ्घीय संसद् घेराउ गर्ने भएका छन् । उनीहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग राख्दै संसद् घेराउ गर्न लागेका हुन् ।

एमसीसीको विरोधमा संसद् घेराउ कार्यक्रममा पाँच दलीय सत्ताधारी गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा पनि सहभागी हुने भएको छ । बुधबार दिउँसो २ बजे माइतीघर मण्डलामा भेला भएर र्यालीसहित नयाँ बानेश्वरस्थित संसद् भवन पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

मङ्गलबार उनीहरुले मुलुकभर कोणसभा गरेका थिए । एमसीसीको विरोधसहित संसद् घेराउ गर्ने अन्य पार्टीमा मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल), मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी सहभागी छन् ।