३० भाद्र २०८३, मंगलवार
,
Latest
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको विरोधमा संसद् घेराउ गर्दै कम्युनिस्ट पार्टीहरु



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित आधा दर्जन कम्युनिस्ट पार्टीले बुधबार संयुक्तरुपमा सङ्घीय संसद् घेराउ गर्ने भएका छन् । उनीहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग राख्दै संसद् घेराउ गर्न लागेका हुन् ।

एमसीसीको विरोधमा संसद् घेराउ कार्यक्रममा पाँच दलीय सत्ताधारी गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा पनि सहभागी हुने भएको छ । बुधबार दिउँसो २ बजे माइतीघर मण्डलामा भेला भएर र्यालीसहित नयाँ बानेश्वरस्थित संसद् भवन पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

मङ्गलबार उनीहरुले मुलुकभर कोणसभा गरेका थिए । एमसीसीको विरोधसहित संसद् घेराउ गर्ने अन्य पार्टीमा मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल), मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी सहभागी छन् ।