२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट बच्न स्यानिटाइजर उपयोगि कि साबुन पानी ?



अ+ अ-

काठमाडौं । विश्व कोरोना भाइरसले तातिरहेको छ । विश्वभर कोरोना संक्रमण बढिरहेको समयमा यसबाट बच्नका लागि विज्ञहरुले विभिन्न सावधानी अपनाउन सुझाब दिएका छन् । 

संक्रमणबाट बच्नका लागि नियमित रूपमा हात सफा गर्न विज्ञहरू सुझाव दिँदै आइरहेका छन् । यद्यपी कोरोनाबाट बच्नका लागि हात साबुन पानीले धुने कि स्यानिटाइजरले रु यो बहसको विषय बनेको छ ।

यूनिभर्सिटी अफ साउथ वेल्सका प्रोफेसर पोल थोर्डर्सनले कोरोना भाइरसबाट बच्नका लागि साबुन उपयुक्त हुने बताएका छन् ।

साबुनले भाइरसलाई सजिलै मार्न सक्ने उनले बताएका छन् । साबुनमा फ्याटी एसिड र नुनिलो तत्व हुन्छ, जसलाई एम्फिफाइल्स भनिन्छ । साबुनमा हुने यो तत्वले बाहिरी तहलाई निस्क्रिय बनाउँछ । 

साबुन पानीले करिब २० सेकेन्ड हात धोएमा टाँसिने पदार्थ नष्ट हुन्छ जसले भाइरसलाई एकसाथ जोडेर राख्ने काम गरिरहेको हुन्छ ।  यस्तो पदार्थ नष्ट हुँदा त्यहाँ हुने भाइरस पनि नष्ट हुने उनले बताएका छन् ।

साबुनपानीको तुलनामा स्यानिटाइरज प्रभावकारी नहुने अध्ययनले बताएको छ । जोन होपकिंस यूनिभर्सिटीका एक शोधका अनुसार लिक्वीड वा क्रिमका रूपमा स्यानिटाइजर कोरोना भाइरससँग लड्न साबुनजति प्रभावकारी हुँदैन ।

अल्कोहल बढी भएको स्यानिटाइजरले मात्रै कोरोनासँग लड्न सक्छ । तर सामान्य रूपमा प्रयोग हुने साबुन नै स्यानिटाइजरभन्दा उपयुक्त हुन्छ ।