३१ भाद्र २०८३, बुधबार
,
Latest
‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टिमलाई मोहम्मद रिजवानले दिए शुभकामना



अ+ अ-

काठमाडौँ । एसिया कपका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पाकिस्तानका ओपनर ब्याट्सम्यान मोहम्मद रिजवानले शुभकामना दिएका छन् ।

सोमबार रिजवानले नेपाली टिमसँग भेट गर्दै शुभकामना दिएको भिडियो पाकिस्तानी क्रिकेट संघले फेसबुकमा राखेको छ ।

उनले प्रतियोगिताका लागि नेपाली टिम योग्य रहेको बताउँदै शुभकामना दिएका हुन् । यस्तै, उनले कुनै पनि कुराको आवश्यक भए आफू सहयोगका लागि तयार रहेको पनि जनाएका छन् ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले अगस्ट ३० मा (बुधबार) उद्घाटन खेलमै घरेलु टिम पाकिस्तानविरुद्ध खेल्दैछ । त्यसपछि भारतसँगको खेलका लागि नेपाल टोली श्रीलंका जाने छ । श्रीलंकामा नेपालले अक्टोबर ४ मा भारतसँग समूह चरणको दोस्रो खेल खेल्ने छ ।

एसिया कपको १६औँ संस्करणमा समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।