२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान सेनाको कारबाहीमा २५ जना तालिबान लडाकूको मृत्यु



अ+ अ-

काबुलः अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ । 

अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन् । 

अफगान वायुसेनाको मद्दत समेत लिएर गरिएको त्यस कारबाहीबाट लडाकू समूहका सवारी साधन र हातहतियार बरामद गरिएको मन्त्रालयले जनाएको छ । 

सयौं सशस्त्र तालिबानी लडाकूले हालैका दिनहरुमा बाघलानलाई कब्जामा लिने उद्देश्यले आक्रमण गरिरहेका थिए । तर स्थानीय सेनालाई मद्दत गर्न थप सैनिक परिचालन गरी स्थिति नियन्त्रणमा लिएको सरकारको भनाई छ । 

उक्त घटनाका बारेमा तालिबान विद्रोहीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । 

नेटो र संयुक्तराज्य अमेरिकी सेनाले अफगानिस्तान छाड्नै लाग्दा युद्धग्रस्त अफगानिस्तानमा हिंसाका घटनामा लगातार वृद्धि भएका छन् । 

आगामी सेप्टेम्बर ११ भित्रै अफगास्तिानमा तैनाथ करिब तीन हजार ५०० अमेरिकी सेना र करिब ७ हजार नेटो फौज स्वदेश फिर्ता हुँदैछन् ।