२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार कुन-कुन जिल्लामा कति भेटिए कोरोना भाइरसका संक्रमित



अ+ अ-

काठमाडौं । काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८४१८ जना कोराना भाइरसका संक्रमित थपिएका छन् । शनिबार देशभर १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।  

यो संगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। जसमध्येका २ लाख ९८ हजार ७६५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भइसकेका छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५, उदयपुरमा १९, ओखलढुंगामा २, खोटाङमा ७, झापामा २७६, ताप्लेजुङमा ८, धनकुटामा ९, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा २५४, संखुवासभामा २, सुनसरीमा १५७ र सोलुखुम्बुमा २५ जनामा संक्रमण देखिदा प्रदेश २ को धनुषामा ११६, पर्सा १०७, बारामा २८, महोत्तरीमा ४२, रौतहटमा ४९, सप्तरीमा १२, सर्लाहीमा २१ र सिरहामा २१ जना थपिएका हुन् । 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ५०, चितवनमा १२५, दोलखामा ८, धादिङमा ६८, नुवाकोटमा ४४, भक्तपुरमा ३८१, मकवानपुरमा १३४, रसुवामा २४, रामेछापमा ४९, ललितपुरमा ४६२, सिन्धुपाल्चोकमा ५२ र सिन्धुलीमा १०७ जनामा कोरोना भेटिदा गण्डकी प्रदेशको कास्कीमा २८५, गोरखामा २०, तनहुँमा १३, नवलपरासी पूर्वमा १३, पर्वतमा ५, मुस्ताङमा १, म्याग्दीमा १३, लमजुङमा ७, बागलुङमा ४ र स्याङजामा २२ जनामा कोरोना पुष्टि भएको छ। 

गत २४ घण्टामा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा २८, गुल्मीमा १९, दाङमा १८९, नवलपरासीमा ८१ पाल्पामा ९२, प्युठानमा १५, बर्दियामा ११३, बाँकेमा ५५५, रुपन्देहीमा ८६१ र रोल्पामा ५ जना संक्रमित थपिदा कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा १५, जुम्लामा ५, डोल्पामा २, दैलेखमा ६३, मुगुमा १, रुकुम पश्चिमा १८, सल्यानमा ४७, सुर्खेतमा ५९७ र हुम्लामा २ जनामा पुष्टि हुँदा सुदूरपश्चिम प्रदेशको अछाममा ४१, कञ्चनपुरमा ५, कैलालीमा १०, डडेल्धुरामा २९, डोटीमा २१, दार्चुलामा ४, बझाङमा १ र बैतडीमा १११ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।