५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपका लागि अफगानिस्तानको टोली घोषणा



अ+ अ-

एजेन्सी । एसिया कपका लागि अफगानिस्तानको टोली घोषणा भएको छ ।

आइतबार सार्वजनिक गरिएको टोलीमा करिम जनात र शराफुद्दीन अशरफ फर्किएका छन् भने वफादार मोमान्द र अजमातुल्लाह उमरजाई चोटका कारण बाहिरिएका छन् ।

जनत करिब ६ वर्षपछि एकदिवसीय टोलीमा फर्किएका छन्, जबकि अशरफ जनवरी २०२२ देखि एकदिवसीय टोलीमा परेका थिएनन् । जनतले आफ्नो अन्तिम ओडीआई फेब्रुअरी २०१७ मा खेलेका थिए । अफगानिस्तान क्रिकेट बोर्डले टोलीको कमाण्ड हशमतुल्लाह शाहिदीलाई सुम्पेको छ ।

टोलीको पहिलो खेल सेप्टेम्बर ३ मा लाहोरमा बंगलादेशसँग हुनेछ । एसिया कप ३० सेप्टेम्बरबाट सुरु हुँदैछ । प्रतियोगिताको फाइनल खेल १७ सेप्टेम्बरमा हुनेछ । जसमा ६ टोलीको सहभागिता रहेको छ ।

अफगानिस्तान टोली:
हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, रहमानउल्लाह गुरबाज (विकेटकिपर), नजिबुल्लाह जद्रान, राशिद खान, इक्राम अलीखिल (विकेटकिपर), करीब जनत, गुलबदान नाबी, मोहम्मद नाबी, मुजीब उर रहमान, फजलहक फारुकी, शराफउद्दीन अशरफ, नूर अहमद, अब्दुल रहमान, मोहम्मद सलीम ।